स्वर्ग
साम्राज्य र
आगो दासताको
विषम वर्षा
फसादको
तथापि
जीवन रंगको
अवसान र प्राप्तिको
स्वर्ग
नियति र
बाटो ओम शान्तिको
तर
इस्टर टापू झैं
जीवन
आस्था र आँधीको
स्वर्ग
चुली हिउँको र
पहाड गुजुल्टो त्रासदीको
उत्सव उर्जा युद्धको
तथापि
मेरो समय:
अनिकाल र खडेरीको
ठुली भेरी झैं
अविरल उत्सर्गको
स्वर्ग मेरो
इतिहासले बिर्सेको
सामागाउँ,
मुर्कट्टाहरूको देश भन्दा
धेरै टाढाको ।
