डा. हंसपुरे सुवेदी
कविशिरोमणिको अर्घौं ‘ठूलाकोट’
सङ्गातीसित रङ्गिँदै ….म कहिले पुग्थें ‘ठूलाकोट’मा
कैले संथर फाँट टारहरूका चित्रे घना गोंठमा,
जान्थ्यो दृष्टि जता उतै प्रकृतिको मुस्कान राम्रो थियो
जसमा बाल्यविकासको मधुरिमा स्वर्गीय हाम्रो थियो ।
नेपाली साहित्यका कविशिरोमणिको यो कैशोरकालीन स्मृति हो, सामाजिक यथार्थ चित्रण हो । कविज्यूको जीवनयात्रा उत्तरार्द्ध (वि.सं. २०२०) तिरको प्रस्तुत स्मृति रचनाअन्तर्गत एकातिर उहाँको बाल्यकालीन जीवन आलोक प्रदान गर्ने आधार बुझिन्छ भने अर्कोतिर यो ऐतिहासिकस्थलको सङ्केत गर्ने साधन पनि बनेको छ ।
अनौठो लाग्ने अमेरिका
हाम्रो निम्ति अनौठो महादेश हो- अमेरिका । कारण हाम्रो लागि यहाँका कलासंस्कृति (चालचलन), नियमकानुन, घरव्यवहार, भौतिक विकास आदि हरेक कुरा अचम्मलाग्दा छन् । प्रथमतः संयुक्त परिवारमा आमाबा, दाजुभाइ, दिदीबहिनी आदि आफन्तको ममतामा हुर्केबढेका, सँगै बसी पौरख पोखेका र उन्नति देखेभोगेका हामीलाई यहाँको व्यक्तिवादी जीवनशैली देख्दा अनौठो लाग्छ । यहाँका अधिकांश युवायुवती एक्लै वा दुक्लै आफ्ना बाबुआमा तथा आफन्त छोडी स्वतन्त्रतासाथ डेरामा बसेका पाइन्छन् । हामीलाई यो पनि अनौठोजस्तो छ ।
अमेरिकाको रहर
आफ्नो देशमा सुव्यवस्थित कल्याणकारी शासन व्यवस्था नभएकोले हाम्रो देशका कैयौँ उत्साही युवाहरू काममाम र शिक्षाको खोजीमा विदेश पलायन भइरहेछन् । यसमा अमेरिकाको रहर बोकेर मरिमेट्नेहरूको लाम निकै ठूलो पाइन्छ । यहाँ एकाबिहानै उनी आउनुको आशय मलाई लाग्यो- सायद मेरो परिवार अमेरिका पुगेको र धेरै समयदेखि उतै बस्तै गरेको खबर उनलाई कसैले दिएर सो आशामा उनी मलाई भेट्न आएका थिए क्यार । मेरो उत्तरले उनी सन्तुष्टिसाथ बिदा भए । यसपछि भेटघाट, कुराकानी केही छैन । सायद उनका छोरा पोखरातिर नै कतै सानोतिनो काम गर्दैछन् क्यार।
