Skip to content

मनोज काफ्ले 'मनसुन'

एकरात काट्न आवास खोजिरहेछ मान्छे‎

  • by

एकरात काट्न आवास खोजिरहेछ मान्छे‎
आफ्नै मृत्युको संन्त्रास खोजिरहेछ मान्छे ।

गृष्ममा पोलिएर रेगिस्थानमा छोडिएर ऊ
यहाँ धनीको आसपास खोजिरहेछ मान्छे ।

फर्क अब

ए बैनी तिम्रो जोवन ढल्यो परदेशमा पसेर
घरमा तिम्रा बाउआमा रुन्छन् डिलमा बसेर
फर्कन फर्क नबस मुग्लान सुन्दैछु नराम्रो
परिवार साथमा बसेर बाचौं चाहना छ हाम्रो (१)

न भनी गयौ परदेश जान्छु न खबर पठायौ
भनेर भन्छन् बुढा बा आमा साह्रै नै सतायौ
खान र लाउन पुगेकै थियो मेला र पातले
यो छाती बैनी फुटे झैँ दुख्छ शत्रुको बातले (२)

मोहनी लागे झैँ टुना र मुनाले

  • by

मोहनी लागे झैँ टुना र मुनाले
तिम्रै हात खोजे चोलीको तुनाले

पलङ्गको छेवैमा म एक्लै सुसाएँ
रातभरि उनैलाई कुर्यो कुनाले
तिम्रै हात खोजे चोलीको तुनाले

हाम्रो देशमा राजगर्ने नेता दक्ष खोजौं अब

  • by

हाम्रो देशमा राजगर्ने नेता दक्ष खोजौं अब
मातृभूमि बिकासको मूल लक्ष खोजौं अब

जुनै नेता आए पनि निमुखा त मरेकै छन
गरिबलाई न्यायदिने राम्रो पक्ष खोजौं अब

म तिमीलाई नभेटी मरेँ भने त

म तिमीलाई नभेटी मरेँ भने त
अर्कैको दुनियाँमा सरेँ भने त

अकेली तिमी के गछौ विलौना
सुन्दिन कि स्वर्ग तरेँ भने त

चिहाउँछु नजर तिम्रा नयनमा
आत्मा यो शान्त गरेँ भने त

खुसी नै खुसीका खात सल्बलाए

  • by

खुसी नै खुसीका खात सल्बलाए
झनझन मनभर बात सल्बलाए

प्रियाका संगमा म रमेँ रंगरंगमा
साँच्चि कै अनिँदा रात सल्बलाए

सुनसान छ शहरमा रहरै रहरमा
हातमाथि उनका हात सल्बलाए

रुप उनको पलपल देख्छु

  • by

सम्झनाले सताउँदा रुप उनको पलपल देख्छु
आधी रातमा भएका प्रियसीको खलबल देख्छु ।

तिमीसँग कहिले सँगै कहिले एक्लो उदासिन
बिताएका तिता-मिठा जीवनको हरपल देख्छु ।

अमुल्य छन् बोली तिम्रा दोधार दोधार मन तर
त्यसैभित्र मन्द-मन्द फैलिएको हलचल देख्छु ।

नसा पिउनेको बास यहाँ

  • by

नसा पिउनेको बास यहाँ
धेरै जसो बदमास यहाँ ।

नैतिकतालाई पाखा फलेर
फोड्न उठे अकाश यहाँ ।

वचनले त एक हँ भन्छन
भित्रभित्रै गर्छन नास यहाँ ।

पत्र

  • by

प्यारा साथी, सकुसल छु ।

अब किन किन मलाई पनि लाग्न थाल्यो संसारको आयु अब डाँडाँमाथि पुगेको छ । यो धर्तीमाताले सहन अवश्य सक्ने छैनन् यहाँ पाप फैलिएको धेरै भयो । अब हरेक देशमा तहस नहस हुदाँहुदै हिजो मैले धन्न ज्यान फालिन । त्यो बेला जीवनको आश मरेकै हो मेरो । मलाई पुर्नजन्म दिने ईश्वरलाई सलाम गर्छु ।

प्यारो साथी, खै मलाई पटक्कै थाहा छैन जीवन केले बनेको छ थोरै पीर-मर्कामा रुने अतास्सिने । सँगीनीसँग जीवनभरी सँगै भएर बाँच्ने बाचा त मैले पुरा गर्न नसकेर परदेशी भएको छु, दुई पैसा कमाउने आशले होइन बुबाआमा अनि तिनैहरूलाई खुसी राख्न सकुँ भन्ने चाहानाले हो ।

20110212_ManojKafleyNews

अनेसास कुवैत च्याप्टरको बृहत साहित्यिक गोष्टी सम्पन्न

  • by

मनोज मनसुन, कुवैत
फेब्रुअरी १२, २०११

मिति २०६७ साल माघ २८ गते तदनुसार ११ फेब्रवरी २०११ का दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कुवैत च्याप्टरले बृहद रुपमा साहित्य गोष्टी सम्पन्न गर्यो । अभि जमान स्मृति ट्रस्टको प्रायोजन तथा अनेसास कुवैत च्याप्टरको आयोजनामा सम्पन्न उक्त गोष्टीमा कुवैतका लागि नेपाली महामहिम राजदुत वरिष्ट साहित्यकार कथाकार श्रीमधुवन पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । अभि जमान स्मृति ट्रस्टका संचालक, अनेसास कुवैत च्याप्टरका संरक्षक, स्पन्दन मासिक साहित्यिक बुलेटेनका सम्पादक वरिष्ट साहित्यकार कवि होम क्षेत्रीको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त साहित्य गोष्टीको सभापतित्व संस्थाका संस्थापक अध्यक्ष श्रीराजन रिमाल अभिलाषी ज्युले गर्नुभएको थियो । जेष्ट्य अतिथिका रूपमा भारतमा नेपाली राजनीतिका महानायक श्रीचन्द्रबहादुर क्षेत्री हुनुहुन्थ्यो ।

त्यो दिन मेरो अविस्मरणीय क्षण बन्यो

  • by

दिनहरू तातै छन् । कुराको थालनी गर्दा पनि त्यो पल आँखामा घुम्छ, सपना जस्तै लाग्छ । कल्पना हो भन्छ मनले । होईन तर यो यर्थाथता हुनुपर्छ भनी फेरि मुटु बोल्न थाल्छ । अनि बरबराई रहन्छ एक्लै एक्लै सायद कसैलाई सुनाउदै छ अचम्मित पार्न । सायद अरु कसैलाई पनि सुनाउने कोशिशमा छ । मन भन्छ लेख्नैपर्छ मैलै भोगेका अविस्मरणीय क्षण ।

नेपालमा माघे संक्रान्तिको दिन परेछ । मलाई त तब थाहा भयो जब आशा भाउजूले तिलबाट बनाएका परिकारको स्वाद ८ सालको अन्तरालमा कुवैतमै चखाउनु भयो । १४ जनवरी २०११ मा कुवैतमा कृयाशील कालीगण्डकी बचत समूहमा हामी प्रेस नेपालको नामले खेल्यौं । खेल उत्कृष्ट लाग्ने खेलाडी बिच प्रतिस्पर्धा भएकाले केही बेर खेलमै भुल्यौं ।

हामीले अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवैतको लागि एक घरको धुरी पाएका थियौं । वहाँ हुनुहुन्थ्यो – साहित्यकार कवि श्री होमबहादुर क्षेत्री । हामीलाई कवि वहाँको निमन्त्रणामा जानु थियो । करिब ६ बजे हामी वहाँको घरमा पुग्यौं । मलाई कवि श्री होमबहादुर क्षेत्रीले भाइ भन्नुहुन्छ । वहाँको घरमा वहाँबाट लिखित एक दर्जन कृतिहरूको साथमा हामी करिब ८-१० जना साहित्यप्रेमीहरूले कविता गजल र गीतहरू गाउँदा र आशा भाउजूका हातले बनाएका स्वादिला अनेक परिकार खाँदा खाँदै हामीलाई आ-आफनो गन्तव्यतिर लाग्न अबेर भएको पतै लागेनछ । रातिको १० बज्यो । हाम्रो बास-स्थान अलग अलग भएकोले सबै साथीहरू आफनो बासस्थानतिर लाग्नुभयो ।

उनीसँग वालिङ् मेला घुम्दा मज्जा भयो

उनीसँग वालिङ् मेला घुम्दा मज्जा भयो
छायाँपारि ओठ जोडी चुम्दा मज्जा भयो ।

डरैडरमा सास बढ्यो देखेभने गालपर्ला
लुकी-चोरी जवानीमा हुम्दा मज्जा भयो ।

आहा कस्तो आनन्द आँखा मन्द मन्द
एकैचोटी होश हवास गुम्दा मज्जा भयो ।

गगनचुम्बी आकाशले रुपरङ्ग फेरे जस्तो
त्यही रंगमा उनीसँग झुम्दा मज्जा भयो ।

तिम्रो तस्बीर भेटियो

  • by

घामको लालीमा तिम्रो तस्बीर भेटियो
फूलको डालीमा तिम्रो तस्बीर भेटियो ।

शहरमा पर्चा भेटें तिम्रो मात्र चर्चा भेटें
उनका तालीमा तिम्रो तस्बीर भेटियो ।

डाँडापारी दाउरा घाँस धेरै गर्यौ अरे
खोला-खालीमा तिम्रो तस्बीर भेटियो ।

कतिलाई बाड्ने गर्छौ तिम्रो तस्बीर
खेतको आलीमा तिम्रो तस्बीर भेटियो ।

अँधेरी रातमा

अँधेरी रातमा भेटें ती सान्नानी
उनी छन चन्चले चुल्बुले बानी ।

हाँस्दै बसिन उनी मेरो नजिकै
बाटुलो मुहारमा मन्द मुस्कानी ।

ओठमा लाली शिरैमा शिरबन्दी
चिटिक्क परेका आँखैमा जवानी ।

रुने गछौ रे

पिएर नाना मातहरू रुने गर्छौ रे तिमी
गरेंछु भनेर घातहरू रुने गछौ रे तिमी ।

थाहा पायौ जीवन बाँच्न दुख छ भन्थें
सम्झेर मेरा बातहरू रुने गछौ रे तिमी ।

एकान्तमा मायाँ गाँस्नु मेरो दोष थियो
साथ छुटायौ हातहरू रुने गछौ रे तिमी ।