त्यो दिन मेरो अविस्मरणीय क्षण बन्यो

  • by


दिनहरू तातै छन् । कुराको थालनी गर्दा पनि त्यो पल आँखामा घुम्छ, सपना जस्तै लाग्छ । कल्पना हो भन्छ मनले । होईन तर यो यर्थाथता हुनुपर्छ भनी फेरि मुटु बोल्न थाल्छ । अनि बरबराई रहन्छ एक्लै एक्लै सायद कसैलाई सुनाउदै छ अचम्मित पार्न । सायद अरु कसैलाई पनि सुनाउने कोशिशमा छ । मन भन्छ लेख्नैपर्छ मैलै भोगेका अविस्मरणीय क्षण ।

नेपालमा माघे संक्रान्तिको दिन परेछ । मलाई त तब थाहा भयो जब आशा भाउजूले तिलबाट बनाएका परिकारको स्वाद ८ सालको अन्तरालमा कुवैतमै चखाउनु भयो । १४ जनवरी २०११ मा कुवैतमा कृयाशील कालीगण्डकी बचत समूहमा हामी प्रेस नेपालको नामले खेल्यौं । खेल उत्कृष्ट लाग्ने खेलाडी बिच प्रतिस्पर्धा भएकाले केही बेर खेलमै भुल्यौं ।

हामीले अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवैतको लागि एक घरको धुरी पाएका थियौं । वहाँ हुनुहुन्थ्यो – साहित्यकार कवि श्री होमबहादुर क्षेत्री । हामीलाई कवि वहाँको निमन्त्रणामा जानु थियो । करिब ६ बजे हामी वहाँको घरमा पुग्यौं । मलाई कवि श्री होमबहादुर क्षेत्रीले भाइ भन्नुहुन्छ । वहाँको घरमा वहाँबाट लिखित एक दर्जन कृतिहरूको साथमा हामी करिब ८-१० जना साहित्यप्रेमीहरूले कविता गजल र गीतहरू गाउँदा र आशा भाउजूका हातले बनाएका स्वादिला अनेक परिकार खाँदा खाँदै हामीलाई आ-आफनो गन्तव्यतिर लाग्न अबेर भएको पतै लागेनछ । रातिको १० बज्यो । हाम्रो बास-स्थान अलग अलग भएकोले सबै साथीहरू आफनो बासस्थानतिर लाग्नुभयो । म पीडित र सौगातजीलाई साहित्यकार होमजी आफैले पुर्याउन हिडनु भयो । जब हामी घरको १९ नम्बर तलाबाट निस्क्यौं एकक्षणमा हामी ५जना छोडेर अरु साथीहरू कोही कता कोही कता भएछौ । हामी भने एक आपसमा वार्तलाप गर्दै पहिले सौगातजीको घरतिर रिगाईतिर लाग्यौं । कुराकानीकै क्रममा पीडितजीको रुम पनि आयो । अनि होम गुरुको कारमा म गुरु र वहाँको छोरा सुयोग मात्र भयौं । मैले आफू ट्याक्सी गरेर जान्छु भन्दा पनि गुरुको मनले मलाई एक्लै छोड्न मानेन । हुन त त फर्वानिया र आम्घारा, जहाँ म बस्छु, को दुरी १५ मिनेटकै हो । अलि दुगर्म नै छ अरु ठाँउका लेखी ।

मलाई कुवैतमा ८ बर्ष बितिसक्दा पनि बाटोको थोरै ज्ञान छ । गुरुजी कहिले पनि मेरोतिर जानु भएको रहेनछ । म धेरै रातिसम्म कहीं पनि बस्दिन । आज मेरो पहिलो रातिको यात्रा गुरुजीसँग । हामी अगाडि बढ्यौं । कार आफनै रफ्तारमा लगातार अगाडि बढिरहेको छ । हामी लोकेसन हेर्दै गन्तव्यको खोजीमा थियौं । मलाई मनमनै बाटो भुलेको शंका उत्पन्न भयो । यसो हेर्दा हामी जहारा पो पुगिसकेछौं, जुन मेरो रुमदेखी करिब १० किमी टाढा छ । फेरि गुरुले कार घुमाउनु भयो मेरो गन्तव्यतिर । जस्तो लोकेसन बोर्डमा लेखिएको थियो हामीले रोड नम्बर ६ छोडेर अगाडि बढ्यौं । अगाडि बढ्दै, धैरै नै अगाडि पुग्यौं । फेरि बाटो भुलियो । हामी फेरि सिगंल बाटोमा पो पुग्यौं । अनि हामी पुग्यौं अन्धकार भएको ठाँउमा न कुनै बाटोमा बिजुली थियो, न कुनै गाडीकै आवत जावत थियो । मलाई कता कता डरपनि लाग्न थाल्यो । मैले सुनेको थिएँ त्यस्ता ठाँउमा दिउँसै डर हुन्छ भनेर । फेरि हामी हैरान भयौं कहाँ कहाँ बरालिएर ।

मैले एकपटक हैन पटक पटक भगवान सम्झिएँ । फेरि गुरुले कार फर्काउनुभयो पुरानै गतिमा । गुरुले मलाई आफनै घर जान आग्रहपनि गर्नुभयो । तर भोलिपल्ट बिहान ४ बजे नै काममा जानु थियो । म वास्तवमै आफैलाई धिकार्दै थिएँ । रातिको ११:३० हामी बढिरहेका थियौं, खै कुन्नि कतातिर हो थाहा थिएन । एकै छिनको हिडाई पछि एउटा होटल जस्तो देखियो । त्यहाँ २ जना केरलाका मान्छे भेटें । अनि अलि साहास आयो । म चाँडै नै उनीहरूलाई मेरो क्याम्पको लोकेसन सोधें । दुई तीन भाषा मिसाउदै जानै झैं गरेर थोरै बाटो बुझें फेरि अगाडि बढ्यौं । १ किमी हिडेंपछि एउटा पुल आयो । अझै मनले यतै हो भन्न सकेको थिएन । बल्ल बल्ल मैले मेरो घर अगाडिको मस्जिद फेला पारें । अनि भगवानलाई फेरि धन्यावाद दिएँ, साथमा गुरु होमसर र सुयोग बाबुलाई पनि । र विदा भई गुरुसँग छुटें ।

म रुममा पुगें । भगवानलाई फेरि सम्झिएँ । गुरुजीसँगको यात्रा मनैभरि घुम्यो । केही फ्रेश भएँ । बल्ल मेरा आँखा मोबइलमा पर्यो । सुजनजीको फोन आएको रहेछ । धेरै खुसी भएँ । मनसुन पुग्यो कि पुगेन भनेर फोन गर्नुभएको होला । जेहोस सुजनले मप्रति माया देखाएर गरेको फोनले मेरो मनमा केही सान्त्वना भने मिल्यो । अनि म एक्लो छैन भनेजस्तो लाग्यो । सुजनजीलाई फोनमा सन्चै आइपुगेको खबर फोन गरेर भनें । फेरि फोनमा भेटिने कुरागर्दै बिदा भयौं १२ बजेछ । अबत सुत्नुपर्छ भन्दा निद पटक्कै आएन ।आखाँ चिम्लिन्थें कुना र छेउ फर्किन्थें, त्यो रुमल्लिएको र बरालिएको भर्खरैको त्यो घटना संझेर ।

मनोज मनसुन
१४ जनवरी, २०११
कुवेत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *