Skip to content

उनीसँग वालिङ् मेला घुम्दा मज्जा भयो


उनीसँग वालिङ् मेला घुम्दा मज्जा भयो
छायाँपारि ओठ जोडी चुम्दा मज्जा भयो ।

डरैडरमा सास बढ्यो देखेभने गालपर्ला
लुकी-चोरी जवानीमा हुम्दा मज्जा भयो ।

आहा कस्तो आनन्द आँखा मन्द मन्द
एकैचोटी होश हवास गुम्दा मज्जा भयो ।

गगनचुम्बी आकाशले रुपरङ्ग फेरे जस्तो
त्यही रंगमा उनीसँग झुम्दा मज्जा भयो ।

चट्टकोरी सिउँदोपारि आँखी कालाकालास
लामालामा केशराशी सुम्दा मज्जा भयो ।

मनसुन
मिति २०६७ पौष १६ गते

1 thought on “उनीसँग वालिङ् मेला घुम्दा मज्जा भयो”

Leave a Reply

Your email address will not be published. Required fields are marked *