सम्झनाले सताउँदा रुप उनको पलपल देख्छु
आधी रातमा भएका प्रियसीको खलबल देख्छु ।
तिमीसँग कहिले सँगै कहिले एक्लो उदासिन
बिताएका तिता-मिठा जीवनको हरपल देख्छु ।
अमुल्य छन् बोली तिम्रा दोधार दोधार मन तर
त्यसैभित्र मन्द-मन्द फैलिएको हलचल देख्छु ।
छोड अब बहाना नी भुल्नु भन्छन अतीतहरू
अनि हाँस जुन जस्तो रुप तिम्रो कलकल देख्छु ।
चाँदनीलाई कल्पिएर सुन्दर मनमा रमाउदै
मनसुनमा रुझ्दै-रुख्दै स्वर्गरुपी झलमल देख्छु ।
मनसुन
रचना १८ अप्रिल २०११