मनोज काफ्ले 'मनसुन'
मेरो अन्तिम माया (यथार्थता)
किन आउँछ याद तिम्रो सधै-सधै साँझमा ……..
भोलि मेरो मरुभूमि फर्कने दिन हो । म भने मनभरि असीमित भावनाहरू बोकेर आँधीखोलाको उकाली चढिरहेको छु, घाम पारी डाँडाबाट ओराली लाग्दै छ। आधी उकालो पार गर्दैमा खुट्टा गलेर आयो पहिले यही उकालो भारी बोकेर हिंड्दा पनि केही नभएको खुट्टा आज खै किन आधी बाटोमै दुखेर आयो। थचक्क ढुङ्गामा बस्छु । अनि आफ्नै गाउ नियाल्छु जहाँ मैले धेरै बसन्तहरू पार गरेको थिएँ, कति सुन्दर छ मेरो गाउँ कहिले पहिले यस्तो सुन्दर गाउ नदेखेको जस्तो।
साहित्य र संगीत
मान्छेको मन सबै भन्दा धेरै संगीत र साहित्यमा अडेको छ नारायण गोपाल का गीत होस या लाक्पा शेपाको झस्केर दुख्छ यो मुटु मेरो.. होस सदावाहार रुपमा अहिले पनी उतिकै सुन्नमा आउछ जसको कुनै अन्त छैन त्यस्तै जब मनमा भक्कानो फुट्छ अनी संगीत को सहाराले केही हद सम्म टाल्ने गर्छन मानिसहरु त कतिले साहित्य मा रुमल्लिएका हुन्छन प्रेमिकाका गन्थन रच्नको लागि l
मङ्गलमय सुभकामना
देश वा परदेशमा रहेर मझेरीलाई माया गरिरहनु हुने समस्त नेपाली सहित्यकार, मझेरीमा कविता गजल मुक्तक आदि सहित्यको कोशेली लेख्नु हुने सबैलाई यो नया साल 2010 को हार्दिक मङ्गलमय सुभकामना छ। यो सालमा हामी र हाम्रो देशको मन मस्तिकको उन्नति प्रगति होस् भगवानसंग यही प्रथाना छ। देशलाई सत्मार्गमा लैजान देशका नेताहरुको बुद्धि तीव्र पलावोस अनि पापीहरूको नास होस् धर्मात्मीहरुको जन्म होस् भन्दै मेरा पनि परदेशबाट यी दुइ शब्द सुभकामना l
