अङ्गना देशकी गहना दास हुन नआऊ
खाडीका अजनबीसंग बास हुन नआऊ
अतेरी अगम्य पार्छन अघासुर मानवहरु
अखण्ड स्वभाव तिम्रो नास हुन नआऊ
बन अगीसरा आफ्नै देशमा छ स्वतन्त्र
पिल्सिन्छ यौवना तिम्रो लास हुन नआऊ
लागेर दामको पछी जीवन बर्वाद हुन्छ
आकुल वंशको तिमी गास हुन नआऊ
गहकिला सुकिला फेशनको लोभमापरी
खराब यो मरुभूमिको आस हुन नआऊ
मनसुन
www.manojkafle.wordpress.com

मनोजजी,
यस गजललाई केही
मनोजजी,
यस गजललाई केही सम्पादन गरेको थिएँ। तपाईंले फेरि पहिलेकै अवस्थामा राख्नु भएछ। कृपया निम्न कुराहरू सच्याउनु होला।
–सुरुको शब्द ‘आङना’ नभएर ‘आफ्ना’ हैन र?
–‘नआउ’ शब्द भन्दा ‘नआऊ’ शब्द शुद्ध हुन्छ।
–‘अजनबी संग’ लाई ‘अजनबीसँग’ मा परिवर्तन गरेको राम्रो।
–‘यौवनातिम्रो’ लाई ‘यौवना’ र ‘तिम्रो’ो दुई शब्दमा छुट्याउनु उपयुक्त हुन्छ।
कुनै पनि रचनालाई सच्याउने/सम्पादन गर्ने अधिकार सम्पादकहरूलाई मात्र छ। कुनै रचनाहरू सम्पादन भएको भए मझेरीको आधिकारिक व्यक्तिले संशोधन गरेको सम्भावना हुन्छ। त्यसकारण पहिले info@majheri.com मा सम्पर्क गरेर वा रचनाको तल कमेन्ट गरेर प्रश्न गर्दा उपयुक्त हुन्छ। कृपया एउटै रचना पटक पटक प्रकाशन नगरिदिनुहोला।
— कुमार
नमस्कार कुमार जी
अङ्गना भनेको
नमस्कार कुमार जी
अङ्गना भनेको एक असल चलीत्र भएकी स्त्री भएर त्येस ठाउ मा मैले फेरी सम्पादन गर्न खोजेको हुँ
अरु त्येहा देखिएका कमी कमजोरीलाई मैले तपाइले भने जस्तै गर्नेछु मेरा गल्तिहरु सच्चाएर मलाई हौशला दिनु भएको मा हार्दिक आभार प्रकट गर्दछु