डाँडा पाखा पाहाड अनि हिमाल याद आयो
आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो
दाउरा घाँस पानी पधेरो संगै गरि हिड्दा
प्रियेसीसंग साटासाट गरेको रुमाल याद आयो
आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो
दिनभरि रानीबनमा लुकामारी खेल्दाखेल्दै
काहाली लाग्दो राम्चेलीभिर विशाल याद आयो
आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो
विदेशको परिवेशमा रम्न सकेन मेरो मन
आफ्नै भेषभुषा आफ्नै दौरासुरुवाल याद आयो
आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो
चिल्ला र महंगा बिदेशी कार जति चढेपनी
देवीस्थानको हु तु तु खेल्ने पर्खाल याद आयो
आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो
डाँडा पाखा पाहाड अनि हिमाल याद आयो
आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो
मनसुन
santosh_kafle46@yahoo.com
yaladi 4 syangja
nepal

hahahhahaa manoj
hahahhahaa manoj jiiiiiiiiiiiiiii molai pani yo hajurko gajal herera or padhera kasam yaad aayooooooooooooo…vanda farak naparla ni hoina??? je hos ramro 6 dur desh bata sabaile samjhine kura pani ho…..sabaisanga mel khan6…it is realy nice…ajhai aghi baddhai janu mero kamanaaaaaaaaaaaa
Rajesh rumba lama “atript”
doha qatar
Reasonlama_rumba@yahoo.com
बधाइ छ मनोज भाइ तपाइँलाइ
बधाइ छ मनोज भाइ तपाइँलाइ
बधाइ छ मनोज भाइ तपाइँलाइ जे होस् बिदेशी रमझमको डुवाइले तपाइलाइ छुन नसकेको भान हुन्छ तपाइँको गजल पढेपछि । त्यसैले तपाइका गजलले ‘जननी जन्म भूमिश्चः स्वर्गदपी गरियसी’ भन्ने शब्दलाइ सम्झाउँछ ।
उही गोर्खेसाइँलो,
गजलकुटेरी, विशालमार्ग, नारायणगढ, चितवन ।
i am very
i am very happppppppppy.iiiiiiiii like manoja bhaeetapaeelaee.
Thanks Gorkhe guru gajal man
Thanks Gorkhe guru gajal man parayera 2 shabda lekhnu bho