Skip to content

मनोज काफ्ले 'मनसुन'

न्याय खोज्ने सस्तै भए

न्याय खोज्ने सस्तै भए न्याय गर्ने कोहि छैन
साथ दिन्छु भन्छन मात्र आसु झर्ने कोहि छैन

कानुन पनि पाइन्छ भन्छन धन तिरेर किने पछी
खोक्रिएको जीवन किन्न अघि सर्ने कोहि छैन

समीपमा आइ बस्यौ

समीपमा आई बस्यौ सजिलो भो लाउन माया
वनपाखा धेरै धाइयो गाह्रो थियो ‘पाउन’ माया

थाकी सकेँ हिंडदा हिंडदै चौतारीमा बस्न देउ
मैले मात्र सुन्ने गरी एउटा गीत ‘गाउन’ माया

मेरो कलम

लेखें लेख रचना कति ता चल्यो कलम मेरो
छैन कलमको बस्ती जाहाँ अब संसार भो अँधेरो !
येइ कलमले जिबित छु म यहाँ माया भरि मुटुमा
येइ कलमको भरमा जीवन शितको बिहानी यहाँ !!१!!

मेरी आमा

गङ्गा खाली सुसाउछिन निशीमा नाना बिलौना गरी
कठै भन्ने को पो छ र येहा गै गएनी मै मरी !
तिर्छु भन्थे दशधारा दुधको भारा सजिलै म ता
सकिन अब म लगे येमराजै मर्ने परयो अबता !!१

म शोकाकुल भएँ

झमक्कै परेका थिए दिन अब असारको रातमा !
पर्यो निस्चल भएको बर्षा आसु झरी आखामा !!
नलेख्नु चरी बिलौना मेरा पिपलुको पातमा !
कसरी मन लुटेर लग्यौ एकान्तको रातमा !!१

अन्यौलमा मेरो भाग्य “केरिएर” बन्यो

भुलेर न गजल झैँ जिवन शेरीयेर बन्यो
अन्यौलमा मेरो भाग्य “केरिएर” बन्यो

भए अशान्तिले मनमा अतिनै सतायो
जन्जालै जंजालमा जीवन “बेरिएर” बन्यो

उनि भन्छिन जीवन भरि राति मात्र चाईयो

मेरो साथ मा राती भरि प्रेम मात्र लाइयो
उनि भन्छिन जीवन भरि राति मात्र चाईयो

नसोचेको खुसिपानी मेरै साथमा पाइयो
मेरो बोलि सुन्न पाए के पो मात्र चाईयो

नबोले नि रातभरि उनको मात्र सम्झना

नबोले नि रातभरि उनको मात्र सम्झना
निदाउदा रातभरी जुनको मात्र सम्झना

मनभित्र गुम्सिएर नबोलेका बोलीहरु
सपनामा रातभरि धुनको मात्र सम्झना

हाँडीमा भटटटट भुटे पनि खुसी नै छु

हाँडीमा भटटटट भुटे पनि खुसी नै छु
बनाएर गुन्द्रुक झैँ कुटे पनि खुसी नै छु

सुम्लायेका डोबहरू अति सहें निला निला
वेदना लछार्दै पिटे पनि खुसी नै छु

कामको खोजीमा बालक रुन्छ परदेशमा

कामको खोजीमा बालक रुन्छ परदेशमा
रोएको धुन कसले सुन्छ परदेशमा

अंधारोमा अगाडी बाटो छैन उसको
खालि हात पुर्पुरोमा हुन्छ परदेशमा

नागबेली चाला तिम्रो बादल सरि केशदेखि

नागबेली चाला तिम्रो बादल सरि केशदेखि
लुकाएको मायापनि पोखिदियें गीत लेखि
गीत मा म रम्न थालें गीतैमा म हासिदिये
छड्के नजर हेरेउ र त चोखो मायाँ गासिदियें

मरेपछि मेरो शरीर आँसु झर्ने तिमी हुनु

मरेपछि मेरो शरीर आँसु झर्ने तिमी हुनू
लामो मासमा लास एक्लो सुक्सुकाउँदै तिमी रुनू

छोडी दिएँ दुनियामा यो जुनीको आस मर्यो
अतीतका कुरा सम्झी सुकसुकाउँदै तिमी रुनू

कसम टुटे मरेसरि कसको लागे पर्यो जिउन

झस्केर म आजफेरी तिम्रो नाम जप्छु किन
वियोगले जल्यो मन सुकेको खर थप्छु किन
बिहोस मा बाच्न देउ बरु देउ बिष पिउन
कसम टुटे मरेसरि कसको लागे पर्यो जिउन

जुन संग प्रित गाँसे जुनैसंग हासिदियें

जुन संग प्रित गाँसे जुनैसंग हासिदियें
मनसुन मा सितका लहर संग माया गसिदिएं
हावा संग उडे उडे कहिले हुरिसंगा बतासियें
तिम्रो बोलि सुन्न छोडे पल भरमै अतासिएँ !

बेदना मा गीत लेखें पिर संग मितलाए
बिछोड संग माया बस्यो भोकैपेट हरेस खाएँ
फेरी तिमीलाई सम्झे कहिले अतितका पाना लेखें
अतित संग रुमल्लिदा सपनीमा तिमि देखें !!

संगालेर राखेका यी मायाजालका गीत हरु
ओकलेर रतारतई टुटेका ती प्रित हरु
बिहोसिमा रात काटे सडकमा पछारिए
बिर्सिएर पिएँ कैले नसामै म लातारिये !

भिदै भिड म हराए म संसार अब बिरानी भ
दुख मेरो बच्ने आधार दुखी मेरी सिरानी भो
साहना लाइ गाह्रो भयो आत्मा मेरो रोइरह्यो

मनसुन

सुन्दर पैतालाको कुर्कुच्चासम्म लत्रिने सेतो मेडी, मृग नयनलाई ढ़ाक्दै कुदिएको नाकमा अड्यिएको चस्मा अनि दुई हिमश्रीन्खलालाई लुकाउदै कसिलो पारामा लगाइऐको निलो टी-शर्ट र निमेशभरमै मधुर मुस्कान सगै सजिएर हुने रिताको आगमनमा राजन आफुले संसार जितेको महशुस गर्दथ्यो।