Skip to content

मेरो अन्तिम माया (यथार्थता)


किन आउँछ याद तिम्रो सधै-सधै साँझमा ……..

भोलि मेरो मरुभूमि फर्कने दिन हो । म भने मनभरि असीमित भावनाहरू बोकेर आँधीखोलाको उकाली चढिरहेको छु, घाम पारी डाँडाबाट ओराली लाग्दै छ। आधी उकालो पार गर्दैमा खुट्टा गलेर आयो पहिले यही उकालो भारी बोकेर हिंड्दा पनि केही नभएको खुट्टा आज खै किन आधी बाटोमै दुखेर आयो। थचक्क ढुङ्गामा बस्छु । अनि आफ्नै गाउ नियाल्छु जहाँ मैले धेरै बसन्तहरू पार गरेको थिएँ, कति सुन्दर छ मेरो गाउँ कहिले पहिले यस्तो सुन्दर गाउ नदेखेको जस्तो। म एकोहोरो हेरिरहन्छु अनि मन मनै सुस्ताउदै उकालो चढछु आफ्नै गन्तब्य तर्फ.., ! टाढाबाट देख्छु बर पीपलको जोडीलाई कस्तो मिलेको छ त्यो जोडी शायद सबैले कल्पना गर्छन् होला त्यस्तै पीपलको पातहरू हल्लिरहेको छ, ती पातहरूले पनि मलाई नै स्वागत गरिरहेको आभाष हुन्छ वरिपरी हेर्छु डाँडा पाखाहरू सुन्यलाग्छ, कोइलीले बिरहको गाना गाइरहेको आभाष हुन्छ मन त्यसै त्यसै उदास हुन्छ पाइलाहरू अगी बड्दै जान्छन।

अनायासै क्षितिजबाट आवाज आउँछ “अरुलाई यतिबेला सम्म कुराएर..! बरु नआएको भए पनि हुन्थ्यो नि” झल्याँस्स हुन्छु। नाडीको घडी हेर्छु, साँचै ढिलो नै भएको रहेछु। मुस्कुराउदै ५ मिनेट ढिलो त हो नि म आफ्नो गल्ती लुकाउने प्रयत्न गर्छु । उनी केही नबोली रिसाएर बसिन नजिकै गएर कान समातेर माफी मागें उनी झन रिसाउँदै त्यो डुब्न लागेको रातो सूर्यलाई देखाउँदै भनिन “के त्यो सूर्यलाई ५ मिनेटको लागि उज्यालो प्रकाश दे भनेर दिन्छ” ??? म अक्क न बक्क भएँ साँचै समय त गैसक्यो बितिसकेको समयलाई कसरी फर्काउन सकिन्छ र! मैले उनको पीडा बुझें प्रतिक्षा गर्न कति गाह्रो हुन्छ । मैले पनि बुझेको छु, मैले पनि कति पटक यसरी नै उनको प्रतिक्षा गरेको छु, कहिले काँही उनी ढिलो आँउदा म पनि यसरी नै रिसाँउथें । मैले उनको हात समाएर त्यही सूर्यलाई देखाउँदै भनें “तिमीलाई थाहा छ त्यो सूर्य पनि भोलि बिहानीको उज्यालो किरण बनेर झुल्कन्छ नि” हा हा… जतिबेला पनि मेरो हाँसिरहने बानी उनलाई मन पर्थ्यो, मनसुन भनेर उनले मलाई बोलाउँदा म पनि उनको पीडामा यसरी मलम लगाउने चेस्टा गर्दै हुन्थें म । तर पनि खै किन हो किन मन आत्तिरहेको थियो आफु भित्र भित्रै जलिरहेको थियो, फेरि उनले भनिन “त्यो सूर्य त भोलिको उज्यालो रोशनी लिएर झुल्कनेछ तर तिमी त मलाई अध्याँरो बनाएर जाँदै छौ नि ?” हो साँचै म उनलाई छाडेर केही समयको लागि टाढा जाँदै छु, बिरानो ठाउँमा थाहा छैन मलाई म भोलि तिम्रो उज्यालो रोशनी बनेर फर्कन सक्छु या सक्दिन तर पनि बचन दिएँ, सानु तिम्रो जीवनमा अध्याँरो ग्रहण लाग्न दिने छैन, म एक दिन अबश्य आउनेछु, सुनौलो बिहानि सँगै उज्यालो रोशनी लिएर अनि तिम्रो जीवनलाई टल्काउने छु, चम्काउने छु म यस्तै यस्तै बहकिदै थिएँ ।

उनलाई फुस्रो सान्त्वना दिने प्रयत्न गर्दै थिएँ म उनलाई सम्झाउदै थिएँ म- सानु त्यो जिन्दगीको एक पल थियो जहाँ हामीले हासेर बितायौ, रमेर बितायौ, एक अर्कामा समर्पित भएर बितायौ भनिन्छ नी नजिक हुँदामा भन्दा टाढा हुँदामा माया गाढा हुन्छ रे जिन्दगी कहाँ सधैं एकैनासको हुन्छ र ? कहिले मिलनको पल त कहिले बिछोडको पल, कहिले खुशीको पल त कहिले दु:खको पल जिन्दगी त्यही एक ‘पल’ त हो चाहे सुख होश या दु:ख, मिलन होस् या बिछोड, त्यही पनि म कहाँ तिमीबाट सदाको लागी टाढा जान लगेको हो र.. केही बर्ष त हो नि त्यसपछी त फर्की हाल्छु नि, के गर्नु छोरो भएर जन्मे पछी सधैं घरमा बस्न नसकिने रहेछ, मलाई पनि कहाँ रहर छ र तिमीबाट टाढा भएर बस्नलाई तर पनि के गर्नु हाम्रो उज्यालो भबिश्यको लागि भए पनि म जानै पर्छ । म यसरी उनलाई सम्झाउने प्रयास गर्दै थिएं, उनी मात्र सुनिरहेकी थिइन, टोलाइरहेकी थिइन म भन्दै गए सानु यदी म बाहिर गएपछी त तिमीले पनि मलाई भुलेर अर्कै सँग बिहे गरेर जान्छौ होला है ? उनले त्यही बर पीपललाई देखाएर भन्थिन “जसरी यो बर बिना पीपलको अस्तित्व हुँदैन, त्यस्तै मनसुन बिनाको सानुको कुनै अस्तित्व हुँदैन । मनसुन तिमी त्यही बर हौ, म यही पीपल हुँ जसरी यो पीपल बर बिना उदास, सुन्य हुन्छ । मनसुन बिनाको सानु पनि सुन्य अनि अध्याँरो जस्तो हुन्छ म तिमीलाई केही बर्ष त के जन्मौं जन्मान्तर सम्म पनि कुरेर बस्नेछु । उनको यो भित्री आत्माबाटै निस्केको मेरो प्रेम्रोगको दबाई थियो । समय निरन्तर अगाडि बढीरहेको छ नाडिको घडी हेर्छु, रातको आठ बजिसकेछ मन त कहाँ छ र छुट्टीनलाई तरपनि समयले बिदाइ गरिसकेछ, आँखाहरू बेदनाले रसाइरहेको छ, मन गर्हौ भएको छ, खल्तिबाट रुमाल झिक्छु उनको आँखामा मोती दाना झै टल्केको आँशुहरू पुच्छु, अन्तिम पटक मायाँको कोसेली स्वरुप मिठो चुम्बन गर्छु र बिदाइको हातहरू हल्लाउछु……, बाइ बाइ सानु बाई बाइ !!

दिन बित्यो, महिना बित्यो अब साल बित्न लाग्दा पनि तिम्रो माया मुटु भरि साँचेर आज मरुभूमिमा परेड खेल्दैछु, सुन्दैछु अब त तिमी पनि चाँडै नै पराइको घरको श्रिङ्गार बन्दै छौ रे, हुनत भनिन्छ नि “नारी पराइ घरको शृंगार हो” आखिर फरक यति मात्र हो मेरो घरको सट्टा अरु कसैको घर सजिने छ शायद तिमीले पराइको हात थामेको पल यस्तै हुन्छ होला- प्रश्न मायाका भिकारीहरूलाई ??

रोएर थामिदैन मेरो मन, भनिन्छ मनसुन यात्रा खुसी हुनेहरू सफल जीवनका दर्शनार्थीहरू मात्र हिड्ने गर्छन । आफु साहित्य प्रेमी भएकोले लेख लेख्न रचनाहरू देखासिकी गरेर सानै छदा कहिले दाजुको चोरेर त कहिले गुरुजीले लेखेको गजलका शेरलाई आफ्नो बनाएर स्कुलमा नै प्रतियोगिता भाग लिन्थे तर आज अचानक सपना भएर मेरो जीवनमा पनि आँसुको भल बग्यो रोएर नथामिने भेलको आँधी चल्यो……

न बिर्से तिमीलाई, न पाएँ तिमीलाई बिना अर्थ दिलमा सजाएँ तिमीलाई……………….

8 thoughts on “मेरो अन्तिम माया (यथार्थता)”

  1. Gud Evening Manoj ji.

    Gud Evening Manoj ji.
    Ridaya esparsh yaha ko lekh le sachai yo vitri man lai nai 6uyeko avas gare maile aja.jiwan ma man6e le chaheko sabai kura kaha pain6 ra ? so vandai 6u plz aru lai herera bachne kosis garnus.
    Annta ma tapai ko sundar jiwan ko kamana gar6u.

    Regards
    sami Gurung

  2. Manoj Ji,
    tapaiko lekh ekdum

    Manoj Ji,
    tapaiko lekh ekdum nai ramro chha ahileko samayama praya manchheharuko zindagiima yahi kura dohoriraheko hun6.arulai herera pani man bujhaunuparchha so dont be sad & be happy everytime.

    unknown

  3. manoj ji tapaiko maya ko
    manoj ji tapaiko maya ko aantam yatra ekdum ramro 6 tapai le maya gareko manchje khusi 6 bhane tapai pani khushi hunus.
    yahi nai ta ho ni true love.

    your fan

    1. manoj ji tapaiko maya ko
      manoj ji tapaiko maya ko aantam yatra ekdum ramro 6 tapai le maya gareko manchje khusi 6 bhane tapai pani khushi hunus.
      yahi nai ta ho ni true love.

      SAME HERE

      1. Atithi bhanera kati ma bhanu
        Atithi bhanera kati ma bhanu … lagyo baru namai janu janu….. ke name paryo bhanera sodhne mero manle garyo…..

    2. वास्तव मा म रोइरहेको छु अब
      वास्तव मा म रोइरहेको छु अब हौसला पाएँ खुसि हुने कोशिस गर्छु यहाँ हरुको साथ मिले केहीहद सम्म यी आखा ओबाउने छन भन्ने आशा लग्यो l Sami ji Sitaram ji ra Atithi sathi laai धन्यावाद छ l

    3. धेरै राम्रो मर्म इस्पर्स्
      धेरै राम्रो मर्म इस्पर्स् कथाको लागि धन्यवाद छ मनोज जी लाई।
      मिलन रावल

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *