परशु प्रधान
वासु शशीलाई सम्झिँदा
वासु शशीसँग लगभग तीन दशक सत्सङ्गत गर्ने मौका मैले पाएँ । काठमाडौँमा स्थायीरूपमा बसोबास गरेपछि केही अग्रज र समकालीन साहित्यकारहरूसँग आत्मीय सम्बन्ध र सम्पर्क भयो । अहिले सम्झिनु पर्दा कविवर केदारमान व्यथित, दौलतविक्रम विष्ट, पोषण पाण्डे, शङ्कर लामिछाने, नीरविक्रम प्यासी, हरिश बमजन आदि छन् । हेर्दाहेर्दै, भेट्दाभेट्दै धेरै साथी र अग्रजहरू स्वर्गे भए । जिन्दगी सम्झिँदा कहाली लाग्छ …।
बक्ररेखा – परशु प्रधान
कोठाको दलिनमा भुन्डेको लास मलाई आफ्नै झै लाग्छ। त्यसका निर्जीव आाखाहरु, स्पन्दनहीन मुटुमा साटिन्छन्। म त्यस्तै निर्जीव, शून्य र स्पन्दहीन हुन्छु। बाहिर जाडो बढ्दै छ। यस वर्ष जाडो छिटो आयो। बाहिरबाट आउने प्रत्येक आवाजले मलाई सर्तक गराउाछ। म सकेसम्म छिटो उठ्छु र झ्यालबाट हेर्छु अध्यारो उस्तै छ, शून्य उस्तै छ र बाहिर केही परिवर्तन छैन।
सीताहरु – १६
आज पनि ऊ धेरै ढिला उठ्यो । उठनासाथ केहीबेर ओछ्यानमै बसेर खोक्यो, खोकिरह्यो । खोक्दै ट्वाइलेटमा गयो । त्यहाँबाट पनि खोकीको अस्पष्ट आवाज आइरहृयो । त्यही आवाजसँगै मिसिएर चुरोटको नमीठो गन्ध पनि मसम्म आइरहृयो । ट्वाइलेटमा उसले निक्कै समय लगायो । त्यहाँबाट बाहिर निस्क्यो । बाहिरको धारामा दाँत माझयो । दाँत माझुञ्जेल पनि उसलाई खोकीले छाडेन । उसले मुख धोयो र सोध्यो- चिया पाक्यो – आज ढिला भइसक्यो । उसले हातको घडी हेरेर भन्यो- ल हेर, नौ बज्न लागिसकेछ ।
टोकियोमा सानु बुद्ध
टोकियोमा फेरि हिउं पर्नै लाग्यो । गएको वर्षन्दा धेरै छिटो जाडो आयो । धेरै छिटो रुखका पाताहरू र्झन थाले । यौटा चिसो सिरेटोले मुटु कपाउन लाग्यो ⁄ त्यहां भन्दा यहां धेरै जाडो र चिसो हिउं । त्यहां भन्दा यहां बांच्न धेरै कठिन भयो । पाल्देनलाई यस्तै केही लाग्यो । टि.भी हेर्दाहेर्दै सगरमाथा चढेका अनुहारहरूले पाल्देनलाई नराम्ररी गिज्याएझैं लाग्यो । उसले टिभी बन्द गर्यो ।
सीताहरु – २३
केही वर्षभयो- मैले सीताहरूको खोजी गरेको । यसका लागि म कहाँ पुगिन- होटेल, रेष्टुँरा, डान्सबार र स-साना भट्टीहरूसम्म । मौका मिलाएर कहिलेकाहीँ पोखराको फेवाताल वरपर पनि घुमेको छु । ठमेल, बानेश्वर र कलङ्की त नजिककै तर्ीथस्थल भए- मेरा लागि । चिनेजानेका र सीताहरू पढेका पाठकहरू मलाई भेटघाट वा टेलिफोनमा बरोबर प्रश्न गर्छन्- होइन- यस्ता असाधारण चरित्रका सीताहरू तपाईं कहाँ पाउनुहुन्छ – म ठट्टा गर्छर्ुुहाम्रो सहर बजारका गल्लीगल्लीमा म सीताहरू भेट्छु । गाउँघरमा पनि धेरै सीताहरू सपनाहरूसँग उमेर साटिरहेका पाएको छु । थुप्रै म्यानपावर कम्पनी, एजेण्डा, दिउँसो चल्ने लजहरूमा पनि म त सीतैसीता देख्छु । “हामी त गीता, रीता, शर्मिला, निर्मला, अञ्जु, मञ्जुहरूमात्र देख्छौँ, भेट्छौँ । तपाईं राम भएर होला जहाँतहाँ सीताहरू मात्र देख्नुहुन्छ ।” हिजो साँझमात्र एक जना साथीले यसो भने ।