तीर्थ (यात्री) पौडेल
सबै स्वार्थी दुनियाँ छ
सबै स्वार्थी दुनियाँ छ आफ्नै दुनो सोझ्याउने
अर्को माथि जान खोजे खुट्टा तानी पल्टाउने
कस्को कति गहिराइ छ आफ्नाहरूलाई नै थाहा हुन्छ
कस्तो कस्को कहाँ के छ वास्ता अरुलाई कहाँ हुन्छ ।
पराइहरू दिल खोलिदिन्छन, दिलमा बसाउँछ्न
आफ्नाहरूले खुट्टा तानी बरु भुईंमा खसाउँछन
फूल रोपे काँडा यहाँ साटिदिन्छन थाहै नपाई
झुक्किएर फुल्यो भने काटिदिन्छन अनायासै ।
जिन्दगीको गोरेटोमा सधैं सुन्य हात लाग्यो
जिन्दगीको गोरेटोमा सधैं सुन्य हात लाग्यो
नखाएको बिष लाग्यो नगरेको बात लाग्यो
आँखा रारा फेवा भए सम्झिएर देशलाई रुँदा
छामी छामी छुरी घासे आफन्तलाई मुटु दिँदा ।
हाँसो मेरो खडेरी भो चैतको हुरी जस्तो
किन किन आँसु मेरो भयो अचेल सारै सस्तो
माथि गए खुट्टा तान्छन् अघि गए काँडेतार
जीवन मेरो अर्थहिन आफ्नै लागि भए भार ।
