Skip to content

तीर्थ (यात्री) पौडेल

प्रणय दिवश

आज हाम्रो बाह्रौं प्रणय दिवश
रहरहरू काखभरि खेलाएर मनाउँदा
स्मृतिका पानाहरू पल्टाउँदा
दशौं प्रणय दिवश आपसमा न्यानो
अँगालो ओडेर मनायौ
र बाँकी दुइटा प्रणय दिवश
चखेवा मनाउदै छौ,

मनैभित्र पसी मोरी

  • by

मनैभित्र पसी मोरी सधैं बस्न हो कि ?
थाहा छैन झुक्याएर छुरी घस्न हो कि ?

मिठो लाग्न थाल्यो उसको चाल आनी-बानी
फकाएर म सोझालाई भित्र पस्न हो कि ?

नानी बन्छु भन्छे मेरो नयनाकाशभरि
शीत बनी आँखाबाट भुईंमा खस्न हो कि ?

नब बर्ष, खुशी बोकी आऊ

  • by

नब बर्ष तिमी आउदा खुशी बोकी आऊ
हत्या हिंसा बलात्कारको बाटो रोकी आऊ ।

नेपालीको चाहाना त्यो नँया कानुन बन्ने
जेठ १४ निश्चित गरी मिति तोकी आऊ ।

जुनी जुनी सातै जुनी तिम्रै हुँ

  • by

जुनी जुनी सातै जुनी तिम्रै हुँ नि भन्यौ पहिले
छामी छामी यो मुटुमा किन छुरी घस्यौ अहिले
मनको बारी आपसमा जोती खनी बीउ छर्यौ
बिरुवा सर्न थालेपछि किन हामी पर सर्यौ ।

किन होला मेरो रहर तिम्रो मनमा फुल्छु भन्छ

  • by

किन होला मेरो रहर तिम्रो मनमा फुल्छु भन्छ
हात समाई साँझ बिहान तिमीसँगै डुल्छु भन्छ ।

सपनामा देख्छु तिमीलाई सपनामै रमाउँछु
बिपनामा तिमी देख्न जोडी नयन खुल्छु भन्छ ।

रुपै राम्रो मोहनी छ

  • by

रुपै राम्रो मोहनी छ तिम्रो बोलीभित्र
कति मिठा फल कान्छी तिम्रो झोलीभित्र ।

अंगालोमा बिताएका अनगन्ती रातहरूमा
के के दिन्छौ फेरी राख्छौ तिम्रो चोलीभित्र ।

सबै स्वार्थी दुनियाँ छ

  • by

सबै स्वार्थी दुनियाँ छ आफ्नै दुनो सोझ्याउने
अर्को माथि जान खोजे खुट्टा तानी पल्टाउने
कस्को कति गहिराइ छ आफ्नाहरूलाई नै थाहा हुन्छ
कस्तो कस्को कहाँ के छ वास्ता अरुलाई कहाँ हुन्छ ।

पराइहरू दिल खोलिदिन्छन, दिलमा बसाउँछ्न
आफ्नाहरूले खुट्टा तानी बरु भुईंमा खसाउँछन
फूल रोपे काँडा यहाँ साटिदिन्छन थाहै नपाई
झुक्किएर फुल्यो भने काटिदिन्छन अनायासै ।

खुशी चैत भैदियो

  • by

खुशी चैत भई दियो हुरी आई उठाई दियो
दु:ख सागर भई यहाँ बाह्रै मास रही दियो
आँखा रारा-फेवा पारी कति बस्नु सावन झारी
कहिलेसम्म तिमी र म किनारमा वारिपारि ।

गेडी (जुहारी)

  • by

केटा
रुपै राम्रो लालीले मन चोरी कालीले
ओठ टोकी झुकेर खै के गरी सालीले
मोरीले
ससुराकी कान्छी छोरीले ।

केटी
तिमी कस्तो नक्कले, गाली पर्यौ किन नि
यति राम्रो जोवन मरे तिम्लाई दिन्न नि
नगर
मेरो भार पर्दै नपर ।

रातभरि सपनीमा आई देख्छु तिमीलाई

  • by

रातभरि सपनीमा आई देख्छु तिमीलाई
बिपनीमा तिम्रो बाटो छेक्छु नजिक आई
यो मनको मझेरीमा आई बसिदेऊ न
खुलै राख्छु दिलको ढोका आई पसिदेऊ न ।

सजाउँछु तिमीलाई मनको मन्दिरमा
सधैभरि बाँधी राख्छु प्रीत जन्जीरमा
जून बनी आयौ तिमी पूर्णिमा छेकेर
मेरो चियो चर्चो गर्यौ औंसीलाई रोकेर ।

जिन्दगीको गोरेटोमा सधैं सुन्य हात लाग्यो

  • by

जिन्दगीको गोरेटोमा सधैं सुन्य हात लाग्यो
नखाएको बिष लाग्यो नगरेको बात लाग्यो
आँखा रारा फेवा भए सम्झिएर देशलाई रुँदा
छामी छामी छुरी घासे आफन्तलाई मुटु दिँदा ।

हाँसो मेरो खडेरी भो चैतको हुरी जस्तो
किन किन आँसु मेरो भयो अचेल सारै सस्तो
माथि गए खुट्टा तान्छन् अघि गए काँडेतार
जीवन मेरो अर्थहिन आफ्नै लागि भए भार ।

सबै मिली प्रेम माला गासौं साथी

आऊ अब सबै मिली प्रेम माला गासौं साथी
रिस राग घृणा त्यागी प्रीत साँची हाँसौं साथी

आपसमा मिल्नु पर्छ तँ-तँ म-म किन गर्ने ?
देशकै लागि असल बनी अमर बनी बाँचौं साथी

दुनिया नै नै स्वार्थी भयो अब हामी प्रेम साँचौं
घमण्ड र स्वार्थीपना जरैदेखि नासौं साथी

तिम्रै माया बोकी आमा बचेको छु बिदेशमा

  • by

तिम्रै माया बोकी आमा बचेको छु बिदेशमा
सम्झिएर आफ्नै गाँउ घर हाँसेको छु बिदेशमा ।

लालुपाते, बुकी, अनि लाली गुराँस मनमा बोकी
देश सम्झी सपनीमै नाँचेको बिदेशमा ।

यो मुटुमा सगरमाथा रारा फेवा नयनमा
नेपाललाई बोकी प्रीत साचेको छु बिदेशमा ।