Skip to content

तीर्थ (यात्री) पौडेल

एकरात सपनामा

  • by

एकरात म सपनाका भाग्नावशेषमा
अकिन्चन जीवन मन्थन गरिरहेको थिए
बिचारहरूसँग, विवादहरूसँग
सहमतिहरूसँग, बिमतिहरूसँग
आरोह, अबरोह उताड, चडाब
अनि जीवनका भोगाइहरू, गहिराइहरू,

यो शुभ-दीपावलीमा सबलाई शुभको कामना

  • by

यो शुभ-दीपावलीमा सबलाई शुभको कामना
धन धान्य पूर्ण सबैका घरमा लक्ष्मीको प्राथना
बिघ्न र बाधा छुटाई दिनु सज्जन साराको
सकेको बिन्ती प्राथना गरौ आ-आफ्नै पाराको ।

20111023_TirthaYatriPoudel_Tihar

फूलको माला यसपाली नि नगाँस है चेली

  • by

फूलको माला यसपाली नि नगाँस है चेली
सप्तरंगी टीका, टोपी नमाँस है चेली

यस्तै भयो म त आफैँ बेचिएको मान्छे
मुटु जल्छ उमंगमा नहाँस है चेली

यो पालीको दशैँ पनि खालि निधार काटेँ

यो पालीको दशैँ पनि खालि निधार काटेँ मैले
छुट्टी मिलाई आउँछु भनी व्यर्थै किन ढाँटेँ मैले

बाटो हेरी टोलाएरे नानीहरू साँझ बिहान
यता पनि आँसुसँग थोरै खुशी साटेँ मैले

एउटा कुरा सुन सानु आउन पाइन यसपाली नि

  • by

एउटा कुरा सुन सानु आउन पाइन यसपाली नि
चुइएको घरको छानो छाउन पाइन यसपाली नि

साहुको ऋण भारी भयो साहुँ ब्याज गर्दा गर्दै
फाटे लुगा तनभरिका लाउन पाइन यसपाली नि

फूल देखाई छूरी घस्यौ

  • by

मनोमानी गरिरह्यौ दिल भित्रै बसी
फूल देखाई छूरी घस्यौ अंगालोमा कसी
के दिइन तिमीलाई मैले तन मन दिए
बदलामा तिम्रो मैले आँसु मात्र लिए
खुशी दिए चैन दिए, दिए मैले सारा
सबै लुटी तिमी गयौ भए बेसाहरा ।

म चैँ गर्छु माया प्रेम पिर्तीका कुरा

  • by

म चैँ गर्छु माया प्रेम पिर्तीका कुरा
अरु गर्छन जाँड रक्सी सूर्तीका कुरा

आफ्नैभित्र ईश्वर छ खोजी हेर भन्दा
किन गर्छौ मन्दिर मस्जिद मूर्ती कुरा

किन होला हिजो आज मेरो धड्कन बढ्न थाल्यो

  • by

किन होला हिजो आज मेरो धड्कन बढ्न थाल्यो
थाहै नपाई यो मुटुमा तिम्रो माया गढ्न थाल्यो

सम्झिएर एकान्तमा फोटो हेरी टोलाउदा
अतित सम्झी अनायासै मलाई मात चढ्न थाल्यो

रंगमन्चमा अनगन्ती भेटिए नि प्रेमिल कथा
यो मनले किन किन तिम्रै कथा पढ्न थाल्यो

तिमी मेरी मनोरामा मन मन्दिरमा रमाउने
तिमी बाहेक दुनियामा सबै आस्था ढल्न थाल्यो

तिर्थ यात्री”पौडेल

यसपाली नि त्यस्तै भयो मुख हेर्न आइन बुबा

  • by

यसपाली नि त्यस्तै भयो मुख हेर्न आइन बुबा
आउँछु भनी भनेको थिए तर छुट्टी पाइन बुबा ।

फोन गरे नेट वोर्कले साथ दिन्न चाड पर्वमा
तपाइको एक बचन नसुनी केही खाइन बुबा ।

अखण्डता मेचीदेखि काली हुनुपर्छ

  • by

अखण्डता मेचीदेखि काली हुनुपर्छ
सम्बृद्ध सब नेपालीको टाली हुनुपर्छ।

छिमेकीको बिस्तारवादी नीति कति सहने
सीमानाको दसगजा खाली हुनुपर्छ ।

रारा आज छाल्किरहेछ उनीलाई सम्झँदा

  • by

रारा आज छाल्किरहेछ उनीलाई सम्झँदा
हराउँछु बिदाइमा रुनीलाई सम्झँदा ।

किन भिज्छ अनायासै शिरानी यो रातमा
मन मेरो तोडी जाने बैगुनीलाई सम्झँदा ।

कस्तो ब्यथा यो मुटुमा तिमीले सारिदियौ

कस्तो ब्यथा यो मुटुमा तिमीले सारिदियौ
बिदाइको क्षणमा किन आशुँ झारिदियौ

बाटो छेक्ला भरे फेरि आशुँ भेल आई
जाऊँ कि फिर्यौ साह्रै ठुलो दोधार पारिदियौ

किन गर्यौ घात नेता

  • by

किन गर्यौ घात नेता ज्याला पुरा खाएपछि
गुन्द्रुक ढिडो बिर्सिएछौ राजधानी आएपछि

कति बाडयौ सपनाहरू मंसिरको बिस्कुन सरी
के सम्झन्छौ भोका जनता आफु टन्न आघाएपछि

तीन मुक्तक (सहमति कहिले हुन्छ ?)

  • by


एउटा कुरा भन नेता सहमति कहिले हुन्छ
सहमतिको सुगाँ रटाई बिमति नै जहिले हुन्छ
किन जनता ढाँट्छौ भन चिप्ला कुरा गरी सधैँ
भन्छौ अरे छिमेकीले चाह्यो भने अहिले हुन्छ

तीन मुक्तक

  • by


के गर्ने गरिबको चिसो चुह्लो बाल्नै पर्यो
बालबच्चाको मुखमा माड हाल्नै पर्यो
कस्ले सुन्छ र आवाज निमुखाको
केही नलागेपछि खाडीतिर पाइला चाल्नै पर्यो

मिलन, बिछोड रीत हो जन्मेपछि मर्नै पर्छ

  • by

मिलन, बिछोड रीत हो जन्मेपछि मर्नै पर्छ
असल काम मानिसले आँटेपछि गर्नै पर्छ

घर मात्र हो नाशवान चोला प्रभु बस्न बनाएको
परमेश्वरको निगाह हो भत्केपछि सर्नै पर्छ