रुपै राम्रो मोहनी छ तिम्रो बोलीभित्र
कति मिठा फल कान्छी तिम्रो झोलीभित्र ।
अंगालोमा बिताएका अनगन्ती रातहरूमा
के के दिन्छौ फेरी राख्छौ तिम्रो चोलीभित्र ।
प्रेम गंगा सुसाउने तन रुपी सागरमा
प्रीत मोती मैले भेटें त्यही खोलीभित्र ।
घोडा चडी आउँदिन ल तिमी लिन आउँदा म
हात पात गर्नु पर्छ तिम्रो डोलीभित्र ।
तीर्थ “यात्री’पौडेल
