नब बर्ष तिमी आउदा खुशी बोकी आऊ
हत्या हिंसा बलात्कारको बाटो रोकी आऊ ।
नेपालीको चाहाना त्यो नँया कानुन बन्ने
जेठ १४ निश्चित गरी मिति तोकी आऊ ।
देश डुबाउने भ्रष्टचारी घुसखोरी खोज्दै
छानी छानी एक एक गरी गोली ढोकी आऊ ।
बुद्ध भूमि हाम्रो देश शान्ति प्रिय नेपाल
पवित्र भई “नमो पद्मे शान्ति” घोकी आऊ ।
तीर्थ “यात्री” पौडेल
