Skip to content

तीर्थ (यात्री) पौडेल

नाशवान चोला हाम्रो

  • by

नाशवान चोला हाम्रो, अभिनाशी साथमा आत्मा
मार्ने या त बचाउने, मानिसकै हातमा आत्मा ।

असल खराब छुट्याएर गर्नु पर्छ कर्महरू
दिन बनाइराख्यौ भने, बरालिदै रातमा आत्मा ।

मनको गीत

  • by

उनी उता म यता टोलाउँछु
फोटो हेर्छु फोटोमै बोलाउँछु
बहराइनबाट नेपाल जाने दाइ
सन्चै छ रे भन्दिनु
मेरी उनीलाई ।

दुईचार दिन भो फोन बार्ता भा’छैन
के छ ज्यानको खबर थाहा छैन
बहराइनबाट नेपाल जाने दाइ
सन्चै छ रे भन्दिनु
मेरी उनीलाई ।

कल्ले पुरा गर्ने होला सपना यो शहिदको

  • by

कल्ले पुरा गर्ने होला सपना यो शहिदको
रगतको मूल्य सम्झ प्रार्थना यो शहिदको ।

के भन्यौ खै देशै बण्डा गर्नेहरुसँग अब
बाह्रै मासे घाउ भयो बिपना यो शहिदको ।

सपनाको खोजी

  • by

म फूल फुलाउन चाहन्थे
सुन्दर बगैंचाको निर्माण गरेर
बेली चमेली र गुन्केसरीहरू
लरक्क परेका डालीहरूमा
उपकारी गुणी,
तर सपनाको खोजीमा
सुन्दर झोपडीलाई

सधै मेरो हार भयो (दोहोरी गजल)

  • by

केटा
तिम्रो नजर वाण भयो दिलमा वारपार भयो
पिरतीमा तिम्रो जीत सधै मेरो हार भयो ।

केटी
हजुरलाई दिलमा राखे देवता सम्झी पुजा गरे
पिरतीको खेलमा हजुर जीत जीवन सार भयो ।

नानी तिमी पढी गुनी असल हुनुपर्छ (बाल गजल)

  • by

नानी तिमी पढी गुनी असल हुनुपर्छ
सगरमाथा लक्ष्य राखी शिखर छूनुपर्छ।

तिमी असल बन बाबु मेरो मिठो कामना छ
असल बनी यी आमाको आसुँ धूनुपर्छ ।

20110701_TirthaYatriPoudel_AsareGeet

असारे गीत

  • by

(आज म तपाईंहरूमाझ रोपाइँ दिवशको पुनित अबसरमा नयाँ प्रस्तुति असारे गीत पस्कदै छु । साथमा सुझाब र सल्लाहको पनि आशावादी छु; “प्रशंसाले मान्छेलाई भुत्ते बनाउछ है !”)

“ओई साइँला… गोरु नारिस…?”
“नारे है… खोल्सापरी बा!”
“रोपार आई पुगे… ?”
“अँ… आई पुगे है …”

विरहमा मन मुटु जलेको छ आज

  • by

विरहमा मन मुटु जलेको छ आज
बेदनाले मुटु मेरो बलेको छ आज ।

आफ्नैहरू मुटु पोल्न उद्दत हुँदा सधै
खरानी झै कोमल मुटु डढेको छ आज ।

शान्ति छैन जताततै बुद्ध तिम्रो देशमा
अशान्ति नै लटरम्म फलेको छ आज ।

जसरी नि लिएर जाने हो

  • by

राम्री भा’छन फूल-बुट्टे चोलीले
मन चोरे यी काली मोरीले
जसरी नि लिएर जाने हो
लिएर आइज भन्दैथे बाबाले
हातमा समाई तानेर लाने हो ।

एउटी बोलाऊँ अर्की रिसाउली
समाऊँ भने डरले चिच्यौली
जसरी नि लिएर जाने हो
लिएर आइज भन्दैथे बाबाले
हातमा समाई तानेर लाने हो ।

ताप्लेजुङ

कन्चनजंघा बोकेको छ मेरो जन्म ठाउँले
चिनिन्छ त्यो मेची अंचल ताप्लेजुङका नाउँले
पाथीभरा मनाभारा कानेखुशी गर्छन
चौरी गाई र अर्ना भैंसी लेकैभरि चर्छन ।

तमोर खोला, मेवा खोला, कबेलीको पानी
सदाबहार सुसाउने गज्जबको छ बानी
पाथीभरा शिरमाथि पाथीभरा काली
ईच्छाएको बर दिन्छिन पठाउदिनन् खालि ।

मैले बाँचेको जीवन

  • by

जीवन जिउने बहानामा
मनको चाहनालाई भुटे
थाहै छैन गोरेटोमा
कति कति बाटा छुटे ।

आफ्नो लागि भन्दा यहाँ
अरुकै लागि बेसी बाँचें
मनका इच्छा बिनासित्ती
नटुसाउँदै सबै भाँचें ।

बोल्दा पनि आगो फ्याली बोल्छ मान्छे आज

  • by

बोल्दा पनि आगो फ्याली बोल्छ मान्छे आज
थाहै नपाई कोमल मुटु बनाएर खाग ।

मनोमानी किन भन यही मुटुमा बसी
अन्तै बसाइँ सर्यौ किन मनमा छुरा घसी
अरु सबै लुते स्याल आफू सोच्छ बाघ
थाहै नपाई कोमल मुटु बनाएर खाग ।

तिम्रै लागि भनी जिएँ

  • by

तिम्रै लागि भनी जिएँ यो जिन्दगी आधा-आधी
छुरी बोकी किन तिमी सधै मेरो अघिपछि

बलेसी भई आँखाहरू ताल बनेका छन
आफ्नै भन्ने मान्छेहरूले जाल बनेका छन
कता जाऊँ अब मैले काँडे तारको बार छ नि
बार नाघी जादाँ उता खुकुरीको धार छ नि

माया जाल छुटायौ ख्याल ख्यालैमा

  • by

यो मायाको फूल-बुट्टे चोलीले
मनै लुट्यो मोहनी बोलीले
हाँसौ तिमी जुन सरी सुस्तरी
तिम्रो मुहार भुलुँ म कसरी
सिमल टारैमा, किन माया,
माया जाल छुटायौ ख्याल ख्यालैमा ।

बगैंचा आफैं हेर्नु पर्छ

मालीहरू काम चोर छन्
बगैंचाको लागि आएको
बजेट आफैं झ्याप पार्छन
लोभी भँमरा पश्चिमबाट
आई रहेका छन,
माधुर्यता निखार्न लालची

देश दुख्यो छातीभरि

  • by

देश दुख्यो छातीभरि, टोलाएर गजल लेखें
के छ हाल देशको गाँउले बोलाएर गजल लेखें ।

रक्षक नै भक्षक भए भाला बोकी घुमेका छन
देश घोचे मुटुभरि लोलाएर गजल लेखें ।

जीवन व्यर्थै झरेर गयो

  • by

जीवन व्यर्थै झरेर गयो
अर्काकै चाकडी गरेर गयो।

विश्वास कहिले फुलाउनु
आफ्नैबाट मन मरेर गयो ।

दिलासन दिए बस भनिकन
दुलो पारी अन्त्यै सरेर गयो ।

देखुँ देखुँ लागिरह्यो सपनीको मातले

  • by

कता कता चलाई रह्यौ कोमल ती हातले
देखुँ देखुँ लागिरह्यो सपनीको मातले
सपनीमा देखे तिम्रो हात समाएको
मेरो काखमा बसी तिमी खुब रमाएको
यो जिन्दगी सुखमय बन्छ तिम्रो साथले
देखुँ देखुँ लागिरह्यो सपनीको मातले ।

सुन्य लाग्छु म त आफैं रित्तो भएछु

सुन्य लाग्छु म त आफैं रित्तो भएछु
पम्फ्लेट निषेध लेखिएको भित्तो भएछु ।

निरश बचे जस्तो लाग्छ जीवन अचेल
सुनामी आई उजाडिएको कित्तो भएछु ।

यता ताने उता छोटो उता तान्दा यता
म त हजुर काम नलाग्ने फित्तो भएछु ।

कालापानी नालापानी भन्छ छिमेकीले

कालापानी नालापानी मेरो भन्छ छिमेकीले
जंगे पिल्लर कति बाँकी भनी गन्छ छिमेकीले ।

जति म्याद थपे पनी लेखिदैन संबिधान
चाह्यो भने रातभरिमा कानुन बन्छ छिमेकीले ।