तीर्थ (यात्री) पौडेल
सयौं खोला तरी आएँ मायालुलाई भेट्न
सयौं खोला तरी आएँ मायालुलाई भेट्न
मेरो माया करौती भो मेरै गला रेट्न
मायालुकै सम्झनाले दुखे पलपल
किन गरौ माया मलाई यति ठुलो छल
मायालुको सम्झनालाई सकिन नि मेट्न
सयौं खोला तरी आएँ मायालुलाई भेट्न ।
घातै -घातको तीर रोप्यौ मेरो छातीमाथि
फेरि रोप्यौ तीर तिमीले मेरो छाती जाँची
कति ठुलो घात मलाई हात दिएपछि
छिया छिया पर्यौ मुटु तिमीले तीर घसी
कहिले तिमीलाई भेटौ भन्थें आतुर थ्यो देख्न
सयौं खोला तरी आएँ मायालुलाई भेट्न ।
दोहोरी गीत (झ्याउरे छन्दमा)
केटी
हजुरको चिनो कुसुमे रुमाल मायाको निशानी
भिज्यो नि प्यारा सम्झेर आँसु पुछेर त्यही पनि
एकै छु यहाँ सम्झन्छु हर रातका कहानी
नभिजी कहिल्यै रहेन प्यारा रातमा शिरानी
प्यारा रातमा शिरानी ।
केटा
तिमीलाई सम्झी बेचैन छु म बिदेशी माटोमा
मन मेरो त्यतै रमाउछ प्यारी ढिंडो र आटोमा
तिमीलाई पनि सम्झन्छु प्यारी साँझ र बिहानी
मेरो नि कैले ओभानु छ र रातमा शिरानी
प्यारी रातमा शिरानी ।
देवकोटाप्रति
गुरुलाई आज सम्झेर एउटा झ्याउरेमा लेख्दै छु
तपाईलाई मेरो पथको गुरु आत्माले देख्दै छु
दुइ चार शब्द लेख्दै छु आज दक्षिणा चदाउन
बिचमा पुर्याई छोडेको नासो अगाडी बढाउन।
झ्याउरेमा लेख्यौ मुना र मदन अम्मर भयो त्यो
काब्य र कथा, कविता, गित भण्डार सरी भो
तपाइले खन्या बाटामा आज देख्दिन कसैलाई
कसरी बढाउ तपाइको शान सोध्दै छु आफैलाई।
चेलीको बिलौना
सयपत्री फूल फुल्दामा खेरी सम्झना आई हाल्छ
उनेर राख्यौ भने नि माला वैलेर गइजान्छ
एउटा माइती दुर देश बिरानो ठाँउमा
के गर्दौ होला समुद्रपारि अर्काको गाउँमा
नफुली देऊ सयपत्री फूल मन मेरो रोइरहन्छ
उनेर राख्यौ भने नि माला वैलेर गइजान्छ।
साहुको भारी बिसाउन माइती विदेश गएको हो
ती बुढी माको ओखती गर्न साहु काडी ल्याएको
भाइबैनी साना साहुको बारी खै कस्ले जोत्दछ
नफुली देऊ सयपत्री फूल मन मेरो रोइरहन्छ
उनेर राख्यौ भने नि माला वैलेर गइजान्छ।
