तिम्रै माया बोकी आमा बचेको छु बिदेशमा
सम्झिएर आफ्नै गाँउ घर हाँसेको छु बिदेशमा ।
लालुपाते, बुकी, अनि लाली गुराँस मनमा बोकी
देश सम्झी सपनीमै नाँचेको बिदेशमा ।
यो मुटुमा सगरमाथा रारा फेवा नयनमा
नेपाललाई बोकी प्रीत साचेको छु बिदेशमा ।
नेपाली भै नेपालकै निम्ति मर्ने मन खोजी
समाबेशी मनको माला गाँसेको छु बिदेशमा ।
कंचनजंघा, पाथिभरा, मानाभरा, अन्नपूर्ण
तस्बिर बनाई मनभरि टाँसेको छु बिदेशमा ।
तीर्थ “यात्री”
लखनपुर ३ झापा,नेपाल,
हाल:बहराइन
२०६७/१०/२७
