Skip to content

तीर्थ (यात्री) पौडेल

जीवन खोजिरहेछु

जीवन खोजिरेछु
आफैंभित्र आफैलाई खोज्दै
मनको मझेरीबाट घरक्क
ढोका उघारेर दिलको बकस खोली
खोजिरहेछु आफैलाई
बाच्नुको यथार्थताभित्र
कयौं बसन्तहरू समयको गतिसँगै
चपाइए अनि उघ्राइए बेलगामी घोडा झैं
र फेरिए छेपाराको रंग फेरिए जसरी
तुफानी बेगमा आएको समयको गतिमा

20101030_Tihar

माइतीले भुल्यो भनी नरुनु है दिदी

सयपत्री फूलको माला नउन्नु है दिदी
माइतीले भुल्यो भनी नरुनु है दिदी।

नहेर्नु है मेरो बाटो साँझ बिहानीमा
बटुवालाई, आउँदै छ कि? नसोध्नु है दिदी।

सात समुद्रपारि छु म अर्कै दुनियाँमा
भुल्यो यसले चेलीलाई न भन्नु है दिदी।

काली आज कहाँ गई

  • by

काली आज कहाँ गई चौतारीमा आउँदिन कि ?
माया गर्छु भन्थी हिजो चोखो माया लाउँदिन कि ?

मेला पात दाउरा घाँस सल्लेरीमा गाई चराउँदा
पात बजाउदै गित उसले हिजो आज गाउँदिन कि ?

सातु चिउरा लिई आउँथी बन पाखामा गाई गराउँदा
माया गरी आफैं हातले काफल गेडी ख्वाउँदिन कि ?

हजार चोटी मर्छ मान्छे

  • by

आफू मात्र बाच्नलाई हजार चोटी मर्छ मान्छे
छक्का पन्जा नानाभाँती तिगडमहरू गर्छ मान्छे ।

म नै ठुलो जान्ने भन्छ अहंकार बोक्छ सधै
स्वार्थ पूर्ति गर्नलाई सारै तल झर्छ मान्छे ।

नांगै आयो यो धर्तीमा नांगै हुन्छ जाँदाखेरी
के सोच्छ खै आफूलाई आफ्नै कुटी भर्छ मान्छे ।

हजार चोटी मरेकी छु

  • by

तिम्रै लागि बाँच्नलाई हजार चोटी मरेकी छु
सम्झनामा हरेक पल आँखाबाट झरेकी छु ।

माथ कहिले सजाउने भनी देऊ न मेरो राजा
घरमा बिहेको कुरा चल्दा पर-पर सरेकी छु ।

सपनीमा देखेको नि पुग्छ रे कहिलेकाहीं त
तिम्रै हातमा समातेर तमोर नदी तरेकी छु ।

शुभ रहोस् बडा दशै

  • by

कामना छ सबैलाई शुभ रहोस् बडा दशै
चाहना छ हरलाई खुब छाओस् बडा दशै।

भेदभाव नओस् माता तिम्रा यी सन्ततिमा
प्रार्थना छ सदभाव रुप आओस् बडा दशै।

धनी गरिब उँचो निचो भेद न राखेर
सपना छ बराबरी भाग पाओस् बडा दशै।

दशैं आयो अरे

  • by

ढोल ढोक्दै ढोक्दै हजुर दशैं आयो अरे
ऋणै ऋणको भारी बोकाई दशैं गयो अरे।

देखासिखी गर भन्दै महाजनका घरमा
छ्वैला कचेला मासु बियर दशैं छायो अरे।

लैनो गाई बेचे अरे डाँडाघरे बाले
केटाकेटी भन्थे निस्तो दशैं रयो अरे ।

दशैंमा आमालाई सन्देश

  • by

जमरा र रातो टिका नराखे है आमा
आहोस भनी देवीलाई नभाके है आमा ।

टाढा छु म धेरै नै टाढा सात समुद्र पारी
साँझ बिहान बाटो हेरी नडाके है आमा ।

पशु बलि मार काट गर्नु हुन्न अब देखि
आफू हास्न निर्दोस खसी नकाटे है आमा।

जे भएको घरको खानु मिठो तुल्याएर
देखासिखी गर्न साहु ऋण नआँटे है आमा।

यसपालीको दशैं टिको लाउन पाइन

यसपालीको दशैं टिको लाउन पाइन आमा
मुन्लानमा छु धेरै टाढा आउन पाइन आमा।

घरमा भएको सुको पिठो तुल्याएर खानु
आफ्नै हातले पकाएर ख्याउन पाइन आमा।

सबै सँगै बसी आज दुख सुख मिलाई
बिनायोमा झ्याउरे भाका गाउन पाइन आमा।

गेडीहरू

  • by


लाली ओठमा लाएको सम्झन्छु धाएको
देउरालीमा गएर सँगै बाचा खाएको
भुल्यौ कि
अर्कैसँग जीवन घोल्यौ कि।


मायालुको यादले सताउछ दिनदिन
भेट हुँदा मलाई भन्ने हो कि चिन्दिन
गोरीले
गालै पार्ने होकी मोरीले।

बन्द कोठाभित्रै कति बस्छौ सानी

  • by

तिमी बन्द कोठाभित्रै कति बस्छौ सानी
टप्प टप्प आँखाबाट कति खस्छौ सानी।

अन्याय र अत्याचार सही बस्छु भन्दै
निर्धो बनी मनको गाँठो कति कस्छौ सानी।

निस्क अब विद्रोहको ज्वाला मुखी बनी
झुटा कुरा प्रपन्चमा कति फस्छौ सानी।

वर-वर नआऊ कान्छा (झ्याउरे गजल)

  • by

वर-वर नआऊ कान्छा दिलमा ठाउ छैन
पाना पाना पल्टाई हेर तिम्रो नाउ छैन।

लोलो पोतो नलाऊ धेरै नजीकमा आई
तिम्रो अघि लागि जाने मेरो दाउ छैन।

जे जे भयो बिर्से मैले अतितका सारा
मलम पट्टि लगाईसकें मनमा घाउ छैन।

कति राम्री मेरी मायालु

चौबन्दी र फरियामा कति राम्री मेरी मायालु
रिसाउँदा झनै राम्री रिसाई देऊ न फेरि मायालु ।

सम्झी रहन्छु तिम्रो रुप गाजलु त्यो नयनको
बसेको छु परदेशमा तिम्रै तस्बिर हेरी मायालु ।

अभागीको पुर्पुरो यो जहाँ गए नि उस्तै रैछ,
महंगी र अभावको हिमाल जत्रो ढेरी मायालु ।

पिरतीको सुन्दर त्यो संसार तिमीले किन ढाल्यौ

पिरतीको सुन्दर त्यो संसार तिमीले किन ढाल्यौ
यो मुटुमा नबुझिने आगो तिमीले किन बाल्यौ

बिगतका बाचा कसम सँगै खाएका देउरालीमा
बिर्सिएर, रीस-राग तिमीले मनमा किन पाल्यौ।

छैन धनम सँग तिमीलाई पहिले भनेकै हुँ
प्रतिरोषको आगो बाली मेरो माया किन गाल्यौ ।

तिम्रा सारा कुरा सुनी तिम्रो हातमा समाएथें

  • by

तिम्रा सारा कुरा सुनी तिम्रो हातमा समाएथें
पिरतीका सुभासिला मिठा बातमा रमाएथें।

जातीत्वको नदी पनि हिम्मतले तरी हामी
समाजको ख्याल नगरी सिन्दुर माथमा सजाएथें।

तिम्रै खातिर मैले सारा घर परिवार समाज छोडी

जिन्दगीको यात्रा हामी सँग-सँगै गरौं भन्यौ

जिन्दगीको यात्रा हामी सँग-सँगै गरौं भन्यौ
सँगसँगै बाँचु भन्यौ अनि सँगै मरौं भन्यौ।

हेरी बसें तिम्रो बाटो पर्खिएर चौतारीमा
मेलापात गाई-गोठालो बेंसी सँगै झरौं भन्यौ ।

कठिन थियो हाम्रो यात्रा जातित्वको नदी थियो
हात समाई तिमी र म नदी सँगै तरौं भन्यौ ।

बुद्ध तिमी कँहा गयौ

बुद्ध तिमी कँहा गयौ ? देशमा मारामार भयो
आफ्नै मान्छे बीच पनि पानी वारावार भयो।

मानिसमा मानवता चै बेपत्ता भै हेर आज
नेपालीको शान किन आज हाराहार भयो।

साली सम्झँदै छु

परदेशमा बसे पनि काली सम्झँदै छु
ससुराकी कान्छी छोरी साली सम्झँदै छु ।

लजाएर बोल्थी सदा ओठ टोकी टोकी
लोभ लाग्दी जीउ भा’की डाली सम्झँदै छु ।

सम्झनामा टोलाउँथी मलाई नदेखेर
कस्ती भई होला सिउँदो खाली सम्झँदै छु ।

तीजमा भाइ लिन आउँछ भनी बाटो हेर्छिन चेली

  • by

तीजमा भाइ लिन आउँछ भनी बाटो हेर्छिन चेली
आउँदै छ कि बाटोतिर बटुवालाई केर्छिन चेली।

पर्खिएरै दिन बित्यो बाटो हेरी माइती आउने
नआउने नै भयो भनी नि:स्वास फेर्छिन चेली।

साहुको भारी बिसाएर चुह्लो बाल्न बिदेसियो
किन बाटो हेरे भनी आफैलाई केर्छिन चेली ।

यसपाली पनि सकिन आउन

  • by

यसपाली पनि सकिन आउन
यसपाली बुबा सकिन आउन मुख हेर्ने औंसीमा
नहेर्नु बाटो आउछ कि भनी बसेर कौसीमा
बर्ष र दिनको रमाइलो चाड बाउको मुख हेर्ने दिन
दुरीले पर बसेनी बाबा सम्झन्छु छिनका छिन
सबैका घर आउदा हुन आज लिएर कोशेली
सम्झेर म चाहिं विदेशमा आँखा पारेर बलेसी
यसपाली बुबा सकिन आउन मुख हेर्ने औंसीमा
नहेर्नु बाटो आउछ कि भनी बसेर कौसीमा।