Skip to content

योग राज

छोड मलाई

छोड मलाई तिमी लाई अन्तै सुख मिल्छ भने
जोड नाता तिमी लाई अन्तै सुख मिल्छ भने

कहाँ पुग्ने टुंगो छैन चली रह्यो सधै यात्रा
मोड बाटो तिमी लाई अन्तै सुख मिल्छ भने

किन तिमि पार्ने गर्छौ सियो लाइ पहाड जत्रो
तोड नाता तिमी लाइ अन्तै सुख मिल्छ भने

सुके फुल छैन माली उराठ बन्यो फुलबारी
फोड बाग तिमी लाई अन्तै सुख मिल्छ भने

554564_605582079472254_183148240_n

नबोलेनी कती मिठो मुस्काएर गयौ!

नबोलेनी कती मिठो मुस्काएर गयौ!
नगरेनी झैँ झगडा हच्काएर गयौ!!

यहि ऋतले गर्दा तिमि सम्झनामा आउदै!
मिठो मिठो बचन बाण ले पच्काएर गयौ!!

जिन्दगीले अ,कबिलाई सायर बनाइदियो!
शेर होइन एउटा फोटो छप्पाएर गयौ!!

नया सोच नया जागर भरिदै थ्यो तनमा!
तिम्ले भने खाली पेजमै दच्कायेर गयौ!!

अनौठो भो मिलन हाम्रो नचिनेरै अनि!
नखोले नि मनको दैलो घच्कायेर गयौ!!

खै के हुन्थ्यो हाम्रो माया नबुझेको भए!
जिन्दगी नै मेरो नाम मा धस्काएर गयौ !!!

प्रेम नै हो जीवन भनी के के के के भन्थ्यो

मलाई छोडी अन्तै आजकल उसले घर बसायो
मलाई त रुवायो रुयायो भैगो दुनिया हसायो

संकालु ती मनहरूले सोधिरहे मलाई मात्र
आखिर कसले हो यो बिछोड को खेल रचायो

प्वाक्क मुखा हान्नु जस्तो

किन बोल्छौ झर्किएर प्वाक्क मुखा हान्नु जस्तो
हेर्छौ फेरी फर्किएर प्वाक्क मुखा हान्नु जस्तो

बेदना को पहाड ले थिचिएको बेला मलाई
हुन्छौ खुशी सर्कियेर प्वाक्क मुखा हान्नु जस्तो

लुकाएर राख्न खोज्छु तिमीलाई नजर सामु
हिड्छौ किन मर्कियेर प्वाक्क मुखा हान्नु जस्तो

आफु भने तिम्रै लागि सात समुद्र काटी आए
हिड्दै छौ रे लर्कियेर प्वाक्क मुखा हान्नु जस्तो

सक्की गो नि

त्यो सुन्दर मुहार को कुरा गरे त सक्की गो नि
त्यो सुन्दर बहार को कुरा गरे त सक्की गो नि

के भन्नु पर्छ र सधै चन्द्रमामा पनि दाग छ भनी
त्यो चाद या सितार को कुरा गरे त सक्की गो नि

समय

समय नै सम्पुर्ण हो एउटै मात्र साँचो कुरो
समय हो जीवनको रथ हाक्ने मूल धुरो

कहीं हावा हुरी ल्याउछ कहीं सूख शान्ति पनि
त्यसैले त चिन्नु पर्ने समय हो मुख्य चुरो

YogRajAcharya

बिर्सें भन्थ्यौ तिम्ले मलाई

याद् आयो कसो गरी बिर्सें भन्थ्यौ तिम्ले मलाई
सजाएर अर्कै लाई किन सम्झ्यौ तिम्ले मलाई

भन्थ्यौ तिम्ले मनैबाट निकालेर मिल्काइदिए
आज फेरि ठ्ट्टा गर्दै फसाउदैछ्यौ तिम्ले मलाई

दुइटा नाउ मा पाऊँ राखी हिंड्न वाध्य पारेउ मलाई

हिजो अस्ति म आउँदा तिमिले आँखा तारेउ मलाई
जिन्दजी को दोसाध मा खार्नु सम्म खारेउ मलाई

सुखमय जीवन जिउन के के सम्म गरिन मैले
आखिर घर को नत घाट को बनाएर मारेउ मलाई

सन्तती को नत माया नत माया मेरो गर्यौ
आफ्नै घर पराई बनाई किन बसाइ सारेउ मलाई

संसार अट्थ्यो तिम्रो मन मा येति कुरा अटायेनौ
दुइटा नाउ मा पाऊँ राखी हिंड्न वाध्य पारेउ मलाई

हिजो अस्ति म आउँदा तिमिले आँखा तारेउ मलाई
जिन्दजी को दोसाध मा खार्नु सम्म खारेउ मलाई
योग राज

दुस्मनी ६ तिम्रो हाम्रो

दुस्मनी ६ तिम्रो हाम्रो के को सल्ला चल्दो होला
मनै छैन बिबाह को के को हल्ला चल्दो होला

दोबाटोमा भेट हुँदा नबोलेर तर्किने लाई
ठाटियेर हिडिदिदा मन् मा आगो बल्दो होला

सुकिलो त्यो पहिरनमा कहीलेकाहि ह।ट जादा
सम्झियेर के के कुरा भित्र भित्रै गल्दो होला

तिमी मेरो प्राथना मा आयौ

कहीले सोचाइ मा आयौ कहीले सम्झना मा आयौ
कहीले सपना मा आयौ कहीले चाहना मा आयौ

धेरै दिन पछि को बसन्त रितु को आगमन संगै
अचानक छताछुल भएर मेरो भावना मा आयौ

तिमले केही मुस्कुराउदा

सितल छहारी झै लाग्छ तिम्रो केस मा हराउदा
मन को ढोका खोले झै लाग्छ तिमले केही मुस्कुराउदा

जब अधर् खोल्छौ तिमी लाग्छ जुन फुले जस्तो
बिहानी को किरण पनि तिमी संगै भुले जस्तो

तिम्रै आभास हुन्छ अचेल

गोधुली साँझ पर्दा तिम्रै आभास हुन्छ अचेल
मिर्मिरे को बिहानी मै यो मन चन्चल हुन्छ अचेल

खै किनहो मेरो मन ले खोजिरहन्छ तिमीलाई
खाली खाली यो दिल भित्र तिम्रो कमी हुन्छ अचेल

यो देश

मीठा मीठा कुरा गर्यौ देस्का लागि गर्छौ के?
बिना अर्थ जनता मारी तिमीहरु ले पाउछौ के?

नेपाल लाई’स्वित्जर्लेन्ड’झै बनाउने भन्छौ तर
सबै शैली पुरानै छ तिमले नयाँ गाउछौ के?

मोरी त पोइल पो जना लागि रे

दुईदिन टाढा हुँदाखेरी तिमी अर्कै भाकी छौ रे
छोरा छोरी रुवाइ रुवाइ चौतारी मा धाकी छौ रे

ठुलै चर्चा गर्छन् होला गाउ घर का सबले तिम्रो
तिमी भने मक्ख पर्दै लाली पाउडर लाकी छौ रे