Skip to content

तिमी मेरो प्राथना मा आयौ

कहीले सोचाइ मा आयौ कहीले सम्झना मा आयौ
कहीले सपना मा आयौ कहीले चाहना मा आयौ

धेरै दिन पछि को बसन्त रितु को आगमन संगै
अचानक छताछुल भएर मेरो भावना मा आयौ

भाग्यमा शायद लेखेकै रैछ त्यसैले त पाए तिम्लाई
त्यहि भएर आज लगन गाठो बाध्न मेरो लहना मा आयौ

अपुर्ण थियो तिमिबिना अहीले को साल को बसन्त पनि
तर आज हर्सित छु म तिमी मेरो गहना मा आयौ

अब त सधैं मधुमास जस्तै रहोस् यो जीवन हाम्रो जूनीभरी भनि
ईश्वर को बर्दान बनेर तिमी आज मेरो प्राथना मा आयौ

योग राज
हाल
दुबइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *