Skip to content

योग राज

प्रेम

हिर्दय मा माया बोकी आयेकोथे पत्याएर
के पायौ र भन तिमले मेरो माया लत्याएर

यदि तिमी निस्ठुरी नै भए त्यहि बेला भने हुन्थ्यो
आखिर आज छर्लङ भयो के भयो र रत्याएर

मेरी उनी

चोट लाग्छ दिल्भित्र तिमीसँग भेट नहुदा
पिर लाग्छ मन भरी समयनै’सेट’नहुदा

रात भरि काम गर्छु तिमलाई मनमा सजायेर
माया पोख्दै आसुँ खस्छन बन्द गर्ने’गेट’नहुदा

यो जोबन त जान लाग्यो

केही गरु भन्दा भन्दै यो जोबन त जान लाग्यो
केही होलाकी भन्दा भन्दै यो त त्यसै जान लाग्यो

सोचनु पनि ब्यर्थ भयो सुखी जीवन बाच्छु भनि
यही मनको बाघले मन लाई भित्र भित्रै खान लाग्यो

निस्ठुरी

फर्की आउछु भन्दै मलाई ढाट्यौ निस्ठुरी
एक्लै छोडी नौ डाडा काट्यौ निस्ठुरी

धेरै माया गर्थौ मलाई छोडी जान रैछ
तिमी मेरी माया भन्दै चाट्यौ निस्ठुरी

जुनी जुनी नछुटिने झुठो कसम खाँदै

मेरो परिचय

प्रकिर्तिक ले सौन्दर्य छ हरा भरा ठाउँ मेरो
कोशी अञ्चल मोरङ जिल्ला टाडी ५ हो गाउ मेरो

माया लाग्छ सधैं भरी त्यही टाडी गाउको मलाई
ताते नानी ताते भन्दै त्यही चले को पाउ मेरो

जीवन त्यसै गयो हजुर

बिदेसमा बस्दा बस्दै जीवन त्यसै गयो हजुर

अर्कैको नोकर बन्दा जीवन बर्बाद भयो हजुर

घर बारी धितो राखी लाखौं रु, काडेथें

त्यो ऋण को सवा ब्याजले उठिबास भयो हजुर

दुखैदुखमा तीस हिउँद

दु:खै दु:खमा तीस हिउँद काटेको छु मैले
दु:खसँगै यो जिन्दगी साटेको छु मैले

दु:खलाई त्याग गरी सुखी बन्छु भन्दा भन्दै
झनै धेरै दु:ख पाउन आँटेको छु मैले

सुन्नु छैन कुरा तिम्रो

सुन्नु छैन कुरा तिम्रो अर्कैकी म भइ सके
जन्म घर छोडी मैले कर्म घर गईसके

झुठो कसम खायो तिमले मन मा अर्कै राखी
तिम्रो लागि सयौ चोटि तद्पिएर रोइसके

तिम्रो सम्झना

कस्तो न्यानो स्पर्स हो आँखा बाट मन मा सर्ने
थाहा थियो एक्दिन तिमी डाँडै काटी जान्छौ भन्ने

बाल्य काल मा तिमी हामी रम्दै रम्दै लुकी खेल्दा
थाहा थियो तिमले मलाई आँखा छोपी चिन्छौ भन्ने

मेरो माया

मेरो माया शायद तिमले नक्कली पो ठान्यौ
मैले भन्ने बात शायद बनावटी पो मान्यौ

अझै पनि तिमीलाई यो मनमा सझाको छु
मेरा सारा कथा शायद बक्बास भन्ने जान्यौ

सोचेको थें तिमीलाई मन कै रानी बनाउने