Skip to content

तिमले केही मुस्कुराउदा

सितल छहारी झै लाग्छ तिम्रो केस मा हराउदा
मन को ढोका खोले झै लाग्छ तिमले केही मुस्कुराउदा

जब अधर् खोल्छौ तिमी लाग्छ जुन फुले जस्तो
बिहानी को किरण पनि तिमी संगै भुले जस्तो
पातलो त्यो कम्बर लाई ढल्काइ ढल्काइ हिडि दिदा
मनको ढोका खोले झै लाग्छ तिमले केही मुस्कुराउदा

सान्त सुन्दर तिम्रो मुहार छाइ रहन्छ यीआँखा हरुमा
भमरा झै गुनगुन् गर्छौ पिरती को भाका मा
अप्सरा झै देख्छु तिमलाई साडी चोलो लगाउदा
मन को ढोका खोलेझै लाग्छ तिमले केही मुस्कुराउदा

सुगन्ध छ तिमी सँग सधैं भरि चुमौ लाग्ने
गुङुनाहट त्यस्तै तिम्रो एकान्त मै झुमु लाग्ने
कालो केस बतास ले अली अली हलाइदिदा
मन को ढोका खोले झै लाग्छ तिमले केही मुस्कुराउदा

योग राज
दुबइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *