गोधुली साँझ पर्दा तिम्रै आभास हुन्छ अचेल
मिर्मिरे को बिहानी मै यो मन चन्चल हुन्छ अचेल
खै किनहो मेरो मन ले खोजिरहन्छ तिमीलाई
खाली खाली यो दिल भित्र तिम्रो कमी हुन्छ अचेल
चाहना मा भाबनामा बिपनिमा सपनिमा
छाया जस्तै पछ्याइ पछ्याइ आउँदैछौ झै हुन्छ अचेल
कहीले काही त योमन भित्र गुम्सियेका भाबना लाई
तिम्रो सामु दौडी आइ पोखी दिउझै हुन्छ अचेल
स्पर्सको आगो ले नी मुटु पग्ली दिन्छ आफै
अँगालो मै बेरियेर निदाइदिउ झै हुन्छ अचेल
योग राज
हाल दुबइ
