भो भो माया नलाउ बरु सधैं शंका गर्ने भए
दोबाटो मै भेटौ बरु मनका कुरा गर्ने भए
सागर जस्तै निश्चल माया गरिरहे सधैं तिमीलाई
हात समाउन आउ मेरो संघै जंघर तर्ने भए
यत्र तत्र छरिएका पिरतीका फुलहरू
तिमीले नै गोड्न सक्छौ सँगै जिउने मर्ने भए
यहाँ तिम्रा तस्बिरहरू बोल्ने गर्छन् एकन्तामा
चिनो पनि मासेर जाऊ अन्तै डेरा सर्ने भए
अँझै पनि बाचेकै छु तिम्रै नाम जप्दै यहाँ
फर्की आउ यो जीवनमा मलाई माया गर्ने भए
योग राज
