Skip to content

किन फेरि एक्लै रमाउन खोज्छौ


पिउन मैले छोडिसकेको थिए किन बोतल थमाउन खोज्छौ
मुटु मुटु साटिसकेको थिए किन फेरि एक्लै रमाउन खोज्छौ

कसरी बाँचु तिमी बिना चैन हराएको सरि भएर
जिउनु त पक्कै पर्छ हाम्ले किन मुटु कमाउन खोज्छौ

सोचेर हेर त्यो पल हाम्रो साथ हुँदाको फेरि
मिश्रित भएर आफैंमा मलाई किन जचाउन खोज्छौ

भनेकै थिए यो मन मस्तिकमा तिमी नै तिमी छौ भनेर
भन तिमी मेरो माया किन मनमै दबाउन खोज्छौ

घाऊहरू छन् प्रेमका यो मुटुको कुना कुनामा पनि
बिर्सिदिए निको हुन्छ भन्दै किन घरीघरी फकाउन खोज्छौ

कति पल्ट कसम खाए तिमलाई माया गर्छु भनेर मैले
शायद विश्वाश नभयेर त होला किन देउता भकाउन खोज्छौ

योग राज
हाल दुबइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *