Skip to content

यो देश

मीठा मीठा कुरा गर्यौ देस्का लागि गर्छौ के?
बिना अर्थ जनता मारी तिमीहरु ले पाउछौ के?

नेपाल लाई’स्वित्जर्लेन्ड’झै बनाउने भन्छौ तर
सबै शैली पुरानै छ तिमले नयाँ गाउछौ के?

कसो गरि देश बन्ला पुर्बाधार्नै तोडेपछी
भए गरेका सबै फोडी तिमले नयाँ थाल्छौ के?

सम्रक्षन गर्नु सबको यदि देश को माया भए
जात जात्मा देस टुक्र्याइ अमन चयन पाउछौ के?

माथ्लो घरे तल्लोघरे ओल्लोघरे पल्लोघरे
सबै यहाँ दुस्मन बनाइ देशमा शान्ति ल्याउछौ के?

योग राज

Leave a Reply

Your email address will not be published. Required fields are marked *