मञ्जुल
मायालु दाजु कृष्णचन्द्रसिंह प्रधान
हिमानी पत्रिकाको मुखपृष्ठजस्तो सुन्दर मुहार थियो उहाँको !
मलाई हिमानी पत्रिका निक्कै नै मन पथ्र्यो पढ्न पनि, त्यसभित्र हुन पनि । एकताका कृष्णचन्द्र दाइ त्यो पत्रिका लिएर हिँड्नुहुन्थ्यो । म सधैँ त्यसभित्र हुन रहर गर्थें । एक समयमा त्योभित्र हुनु भनेको नेपाली साहित्यको एउटा कालखण्डभित्र हुनु हुन्थ्यो ।
जब विकल दाइले रोक्नुभयो
“ए बाबु भन् त तँ दार्जीलिङ जान्छस् कि जाँदैनस् ?” २०२३ सालमा झापामा देशव्यापी रूपमा मनाइएको नेपाली साहित्य सम्मेलनमा भाग लिन गएका बेला, मौका पारेर काठमाडौँमा बस्ने केही साहित्यकारहरू दार्जीलिङ हान्निए । त्यसरी दार्जीलिङ जानेमा रोचक घिमिरे दाइ र भैरव अर्याल दाइ पनि पर्नुभएछ । विडम्बना भनौँ कि के भनौँ, घनिष्ट साथीभित्रका उहाँहरूले रमेश विकल दाइलाई तिमी पनि जान्छौ कि भनेर एक वचनसम्म सोध्नु भएनछ । भारी रिस उठेछ रमेश विकल दाइलाई । त्यसैले उहाँले पनि रोचक घिमिरे दाइ र भैरव अर्याल दाइसँगसँगै नगएर आफू अलग्गै जाने विचार गर्नुभएछ । म उहाँले माया गरेको भाइ, मलाई साथमा लाने विचारले उहाँले मलाई माथिको प्रश्न गर्नुभएको रहेछ ।
क्लिष्ट कविता, सरल व्यक्तित्व
टक्क इस्त्री लगाएको कालो सुट, पोलिस गरेको टलक्क टल्कने कालो जुत्ता, सुन्दर ढंगले बनाएको कालो कपाल, पातलो कालो फ्रेम भएको चस्मा, सेतो सर्ट, घाँटीमा धर्के टाई र दाइने हातमा सल्किरहेको चुरोट, अंग्रेजी मात्र बोल्न मन पराउने, यस्तो थियो कवि मोहन कोइरालाका कविताहरू पढेर उहाँलाई नभेट्दै मैले आफ्नो मनमा बनाएको उहाँको तस्बिर ।
सायद म काठमाडौँमा टी एस इलियटको अर्को रूप हेर्न चाहन्थेँ ।
म गीतकार पनि भइहालेँ
आमाको गर्भमा रहँदादेखि नै मैले मीठो गीत सुन्न पाएँ। मीठो गायन सुन्न पाएँ। कति भाग्यमानी म! बहुत थोरैले पाउछन् यस्तो मौका। यस्तो मौका पाएकैले होला म गीतकार पनि भइहाले। यस्तो मौका नपाएको भए सायद म गीतकार हुन सक्दिनथे होला।
कोही कोही त भन्छन्, ‘तिमी त अघिल्लो जन्ममा पनि गीतकारै थियौ होला र त लेख्छौ यति राम्रा गीतहरू!’
