मलाई गाउँको सानो गोरेटो भनेर नहेप्नू
म भीरमा पनि लान्छु, खेतमा पनि
म बस्तीमा पनि लान्छु, एकान्तमा पनि
जहां गोरेटो छैन
म त्यहाँ पनि लान्छु
जहां गोरेटो छ, मूलबाटो छ
म त्यहीं बिलाउंछु पनि
यस्तो बेला
म मान्छेको हृदयमा हिंड्छु
कहिले रात सुत्छ मेरो किनारामा कहिले दिन
कहिले सांझ सुत्छ मेरो किनारामा कहिले बिहान
कहिले कुहिरो सुत्छ
कहिले शीत सुत्छ
कहिले घाम सुत्छ मेरो किनारामा कहिले जून
कहिले ताराहरू सुत्छन्
मान्छेको हृदयबाट जन्मेको
गीत भएर पनि हिंड्छु म कहिलेकाहीं
मलाई
गाउंको सानो गोरेटो भनेर नहेप्नू
कवि मञ्जुलले टोकियोमा आयोजित मञ्जुल साँझमा वाचन गर्नुभएको कविता
टोकियो, जापान
१७ डिसेम्बर, २०१०
manjul sir ka kabitaharu
manjul sir ka kabitaharu mitha nahune kurai bhayena sarai mitha chhan…………..prawash shrestha’ashakta’
Good upload.
Kumarjee and Majheri team,
Very good upload.
We have lots of online store for text. I like your concept to keep with writer’s voice.
Alok