छक्कु उदासी

नयाँ बर्ष

आयो फेरि पनि नयाँ बर्ष
मान्छेले नयाँ चाहेरै होला
केश फुल्यो, दाँत झर्यो
आफैं पुरानिएको नमिठो बोध
दिन गन्यो, रात गन्यो
कता कता चसक्क दुखाई
आफ्नै उमेरमा एक जोड
अनवरत घुम्ने घडीको सुइले
झस्किंदै छन्, मानवीय चेतना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20101101_Sayapatri

सुन्तलीको तिहार

आफ्नो घरको आगनमा तिहारे फूल कोपिला बन्दै जति मुस्कुराउन थाल्थ्यो उति सुन्तलीको खुसी पनि मुस्कुराईरहेको थियो । किनकिआफ्नो मुटुको टुक्रा जस्तै भाइ परदेशबाट फर्की आउँने ब्याकुल प्रतिक्षामा थिई । प्रत्यक बर्ष भाइको बाटो हेर्दा हेर्दा सुन्तली थाकेकी थिई ।

यसपाली पनि यसरी वरपर, खेतबारी र बाटा हुँदै रंगी बिरंगी तिहारे फूल धकमक्कै फुलेको देखेर सुन्तलीको मनमा उमंग छाएको हुन्छ । जता-जता तिहारे फूल फुलेका छन्, त्यतै आफ्नो प्राणप्यारो भाइको प्रतिबिम्ब देख्नुका साथै भाइ हाँसिरहेको पाउँन थालेको छ । गर्दा गर्दा फूलको बास्नामा पनि भाइप्रतिको अथाह माया र न्यानो सामिप्य बसाईरहेको हुन्छ । कतिखेर त सुन्तली तिनै तिहारे फूलहरूलाई हल्का सुमसुमाउँदै चुम्ने पनि गर्थी ।

आफूभन्दा दश बर्ष पछि जन्मेको भाइ, सुन्तलीको लागि संसारको सबै भन्दा प्यारो बस्तु बनेको थियो । भाइको राशीको नाम रुबिन भए पनि घराँ बोलाउँदा, गाली अथवा माया गर्दा पारिवारिक नामले लाटा भनेर बोलाईन्थ्यो । सानोमा अरुको भन्दा अस्वभाबिक रुपले मुख ढिलो लागेको थियो । सबैले लाटा बन्ने भो भन्ने अड्कल गर्नुका साथै चिन्ता गर्दा गर्दै बोल्ने भएकोले लाटा उपनामा रहेको थियो । नबुझ्ने हुँदासम्म त, “ए….लाटा” भनेर बोलाउँदा पनि मुसुक्क हाँस्थ्यो, “हडुल” (हजुर) भन्थ्यो । जब अलि बुझ्ने भएपछि लाटा भन्दा रिसाउने भएकोले लगभग अरुले त लाटा भन्न छोडिसकेका थिए । तर सुन्तलीले भने लाटा भन्न छोडेकी थिइन । आफ्नो भाइ दिन प्रति दिन पुर्ण रुपले बुझ्ने हुँदै गएपछि त दिदीले लाटा भनेकैमा रमाउन र मन पराउन थाल्यो । त्यति मात्रै हैन गर्व गर्न पनि थाल्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
20101013_Khasi

दशैं र अबोध फ़ुच्चे

दशैं आउँने बेलाको मौसम साँच्चीकै रमाईलो हुन्छ । भौगोलिक हिसाबले पनि नेपालमा दशैं मान्नकै लागि प्रकृतिले सबै कुरा जुराई दिएको हो कि जस्तो लाग्छ । तर…. तर…. त्यहींका धेरै जसो जनताका लागि प्रत्यक बर्ष दशैं, दशैं हैन दशा बन्ने गरेको छ ।

फुच्चे ! पोहर, परारतिर त सानै भएकोले हामी गरिब छौ भन्ने थाहा पनि थिएन र उस्लाई के दशैं, के तिहार मतलब पनि थिएन । आमाको बाबुले अटम भर्दै आएको फुच्चेले यो पालीदेखि आमालाई कल्पनै नगरेका प्रश्नहरू एक पछि अर्को गर्दै सोध्न थालेको छ । पुच्चेले अरु सबै सोधे पनि हाम्रो बाबा खोई ? भनेर नसोधे हुँदो हो भन्ने उसको आमालाई ठूलो जलतराश थियो अर्थात चिन्ता लागिरहेको थियो ।

सुख र खुसी कुन चराको नाम हो ? भन्ने थाहा नै नभएको फुच्चेकी आमाले दशैं र तिहार त झन मान्नै बिर्सेकी थिई । बिहान के खाउँ, बेलुकी के खाउँ भईरहने फुच्चेकी आमा साहुहरूको खेतबारीमा काम नजुरेको दिन त व्रत बसेर दिन काट्दै आएकी थिई । अब त छोरोलाई पनि त्यो गुन्युको भोटो सानो हुदै आएको थियो । फुच्चेलाई गतिलो कमिज र जाँघेको जोह गर्न नपाउँदै दशैं नजिकिएको मार फुच्चेकी आमालाई पर्नु परेको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कालुको कलम

कसैसँग नडराउने निदर कालुको कलम
कसैसँग नझुक्ने स्वाभिमानी कालुको कलम
झुटो बोल्न नजान्ने निर्दोष कालुको कलम
सत्य तथ्य ओकल्ने निष्कपट कालुको कलम
यति मात्रै हैन ! कालुको कलम

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अन्तरमन

साहित्य त धेरै पढें, एउटै भावले मन छोयो
गाली बचन धेरै सहें, एउटै शब्दले मन रोयो

फूल त धेरै देखें, एउटै फूलले सुवास छरिरह्यो
रंगी बिरंगी धेरै थिए, एउटै रंगले मन रंगिरह्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लोकलहरी

दुधको भारा आमालाई नतिरी
ए..होई.. मर्नु हुन्न स्वदेशमा नफ़िरी
जाउँ खोली तिरै तिर, बिदेशैमा लाली जोवान बित्योनी मन भरी पिरै पिर

स्वदेशमै पाए त राम्रो काम

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

५ सात ५ माला

गोधुंली साँझ
जुन्केरीको दिप
प्रेमीको याद

जुनेली रात
जोडीको आकृती
गहिरो इनार

गाउँकी चेली
स्याउकै तिर्सना
ती राता गाला

यात्रीको बाटो
सिस्नोको झाँडी
खाली पैंडल

गुलियो रस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बैगुनी

मारे पाप पाले पुण्य भनेर
सिंगो जीवन सुम्पेकै थिएँ बैगुनी !
छाती चिरी देखाउन पो सकिन
चोखो मायाँ गरेकै थिएँ बैगुनी !

सुख दुःख सबै बराबर भनेर
नछुट्ने बाचा गरेकै थिएँ बैगुनी !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आमा (माता औंशीको दिन)

आमा अपुताली जोगाउन हो की ?
कुरौटे समाजको मुखमा बुजो लाउन
आमा नारीत्व धान्न पो हो की ?
आफनो कोमल्ता सन्तानमा बिसाउन
आफ़ु जीबन र मरणको दोसाधमा पनि
दश महिना कोखीमा राखेर जन्मायौ
आफ़ु संधै भोक भोकै बसेर भए पनि
अतमभरी दस धारा दुध चुसाएर बचायौ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रदेशी

केहि हराए जस्तो केहि नपूगे जस्तो
केहि गूमाए जस्तो केहि चूकाए जस्तो
बिचरा प्रदेशी आंकाक्षाहरुमा ताल्चा थोकेर
आफैले थाम्नै नसक्ने अदभूद उद्देश्य बोकेर
हुनसक्छ
प्रियसीलाई मनग्य उपहारले खुसी पार्न
बाबा आमाको सपना पुरा गर्न
छोरा छोरीलाई नाना चाचा भरिदिन
आफन्ताहरुको चित्त बुझाउन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाली नयाँ बर्ष

गाउ घर तिरको नयाँ बर्ष
नेपालीको ओठमा नयाँ बर्ष आयो
कसैको गोठमा भैसीले रांगो ब्यायो
पल्ला गाउको भैरेले स्वास्नी ल्यायो
भुन्टीले फेरी लोर्के छोरो पायो
तल्ला घरे कान्छी पोईला गयो
वल्ला गाउको जेठो अरव गयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जापानमा साकुरा फुल्दा

सर्वसम्पन्न सुर्योदयको देश जापानमा
हिउ भरिको जाडोसंग पैथेजोडी खेलेर
बिजय उत्सव मनाउन फुल्ने, साहसी हो साकुरा
सबैमा दुःखपछि पक्कै सुख आउछ भनेर
पतझरमा पनि धकमक्कै फल्ने, धन्य हो साकुरा
न जाडो, न गर्मीको मौसममा
यता उता जताततै साकुरा फुल्यो
सबैको मन त्यहि साकुरामा भुल्यो
चिरविर चरी पनि साकुरामै रम्यो
फुरफुर गर्दै पुटली साकुरामै झुम्यॊ
भुं भुं भमराले पनि साकुरानै चुम्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रक्सी

  • by

धनिको महल र मुखमा पनि सुहाई दिने
गरिबको गोठ र ओठमा पनि रर्साई दिने
शुभ, अशुभकार्य सबैमा प्रयोग भई दिने
भेदभाव रहित उपभोग भएको छ रक्सी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हाम्रो बाको शिरको टोपी

  • by

हलोजुवा र डोकानाम्लाहरुसंग मितेरी लगाउदै
कोइली र न्याउलीहरुको भाखामा मुरली रसाउदै
सेता हिमाल र लालीगुंरासको मोहनीमा रमाउदै
उकाली ओराली र भन्ज्यांहरुमा हुर्केको बाको टोपी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रन्थनिएर ईलाका, बस्ती र गाउँ

  • by

बेर छैन अब चुनामीको रुप बनेर एकै चोटि बडार्न
बेर छैन कालो बत्छिम र कालो अरींगाल बनेर घेर्न
बेर छैन गोमन सर्प बनेर पाउ देखी सिर सम्म बेर्न
बॆर छैन अब पापहरु सबै एक एक भन्डाफोर गर्न

  •  
  •  
  •  
  •  
  •  
  •  
  •