छक्कु उदासी
सुन्तलीको तिहार
आफ्नो घरको आगनमा तिहारे फूल कोपिला बन्दै जति मुस्कुराउन थाल्थ्यो उति सुन्तलीको खुसी पनि मुस्कुराईरहेको थियो । किनकिआफ्नो मुटुको टुक्रा जस्तै भाइ परदेशबाट फर्की आउँने ब्याकुल प्रतिक्षामा थिई । प्रत्यक बर्ष भाइको बाटो हेर्दा हेर्दा सुन्तली थाकेकी थिई ।
यसपाली पनि यसरी वरपर, खेतबारी र बाटा हुँदै रंगी बिरंगी तिहारे फूल धकमक्कै फुलेको देखेर सुन्तलीको मनमा उमंग छाएको हुन्छ । जता-जता तिहारे फूल फुलेका छन्, त्यतै आफ्नो प्राणप्यारो भाइको प्रतिबिम्ब देख्नुका साथै भाइ हाँसिरहेको पाउँन थालेको छ । गर्दा गर्दा फूलको बास्नामा पनि भाइप्रतिको अथाह माया र न्यानो सामिप्य बसाईरहेको हुन्छ । कतिखेर त सुन्तली तिनै तिहारे फूलहरूलाई हल्का सुमसुमाउँदै चुम्ने पनि गर्थी ।
आफूभन्दा दश बर्ष पछि जन्मेको भाइ, सुन्तलीको लागि संसारको सबै भन्दा प्यारो बस्तु बनेको थियो । भाइको राशीको नाम रुबिन भए पनि घराँ बोलाउँदा, गाली अथवा माया गर्दा पारिवारिक नामले लाटा भनेर बोलाईन्थ्यो । सानोमा अरुको भन्दा अस्वभाबिक रुपले मुख ढिलो लागेको थियो । सबैले लाटा बन्ने भो भन्ने अड्कल गर्नुका साथै चिन्ता गर्दा गर्दै बोल्ने भएकोले लाटा उपनामा रहेको थियो । नबुझ्ने हुँदासम्म त, “ए….लाटा” भनेर बोलाउँदा पनि मुसुक्क हाँस्थ्यो, “हडुल” (हजुर) भन्थ्यो । जब अलि बुझ्ने भएपछि लाटा भन्दा रिसाउने भएकोले लगभग अरुले त लाटा भन्न छोडिसकेका थिए । तर सुन्तलीले भने लाटा भन्न छोडेकी थिइन । आफ्नो भाइ दिन प्रति दिन पुर्ण रुपले बुझ्ने हुँदै गएपछि त दिदीले लाटा भनेकैमा रमाउन र मन पराउन थाल्यो । त्यति मात्रै हैन गर्व गर्न पनि थाल्यो ।

दशैं र अबोध फ़ुच्चे
दशैं आउँने बेलाको मौसम साँच्चीकै रमाईलो हुन्छ । भौगोलिक हिसाबले पनि नेपालमा दशैं मान्नकै लागि प्रकृतिले सबै कुरा जुराई दिएको हो कि जस्तो लाग्छ । तर…. तर…. त्यहींका धेरै जसो जनताका लागि प्रत्यक बर्ष दशैं, दशैं हैन दशा बन्ने गरेको छ ।
फुच्चे ! पोहर, परारतिर त सानै भएकोले हामी गरिब छौ भन्ने थाहा पनि थिएन र उस्लाई के दशैं, के तिहार मतलब पनि थिएन । आमाको बाबुले अटम भर्दै आएको फुच्चेले यो पालीदेखि आमालाई कल्पनै नगरेका प्रश्नहरू एक पछि अर्को गर्दै सोध्न थालेको छ । पुच्चेले अरु सबै सोधे पनि हाम्रो बाबा खोई ? भनेर नसोधे हुँदो हो भन्ने उसको आमालाई ठूलो जलतराश थियो अर्थात चिन्ता लागिरहेको थियो ।
सुख र खुसी कुन चराको नाम हो ? भन्ने थाहा नै नभएको फुच्चेकी आमाले दशैं र तिहार त झन मान्नै बिर्सेकी थिई । बिहान के खाउँ, बेलुकी के खाउँ भईरहने फुच्चेकी आमा साहुहरूको खेतबारीमा काम नजुरेको दिन त व्रत बसेर दिन काट्दै आएकी थिई । अब त छोरोलाई पनि त्यो गुन्युको भोटो सानो हुदै आएको थियो । फुच्चेलाई गतिलो कमिज र जाँघेको जोह गर्न नपाउँदै दशैं नजिकिएको मार फुच्चेकी आमालाई पर्नु परेको थियो ।
जापानमा साकुरा फुल्दा
सर्वसम्पन्न सुर्योदयको देश जापानमा
हिउ भरिको जाडोसंग पैथेजोडी खेलेर
बिजय उत्सव मनाउन फुल्ने, साहसी हो साकुरा
सबैमा दुःखपछि पक्कै सुख आउछ भनेर
पतझरमा पनि धकमक्कै फल्ने, धन्य हो साकुरा
न जाडो, न गर्मीको मौसममा
यता उता जताततै साकुरा फुल्यो
सबैको मन त्यहि साकुरामा भुल्यो
चिरविर चरी पनि साकुरामै रम्यो
फुरफुर गर्दै पुटली साकुरामै झुम्यॊ
भुं भुं भमराले पनि साकुरानै चुम्यो
