Skip to content

मारे पाप पाले पुण्य भनेर
सिंगो जीवन सुम्पेकै थिएँ बैगुनी !
छाती चिरी देखाउन पो सकिन
चोखो मायाँ गरेकै थिएँ बैगुनी !

सुख दुःख सबै बराबर भनेर
नछुट्ने बाचा गरेकै थिएँ बैगुनी !
निधारको भाग्य पढ्न पो सकिन
हरेक दुःखमा साथ दिएकै थिएँ बैगनी !

खुसी र सुखी जीवन बाँचौला भनेर
कस्ता-कस्ता सम्झौता गरेकै थिएँ बैगुनी !
तिम्रो लागि अजम्बरी भएर फुल्न पो सकिन
तिमीले दिएका चोटहरू सहेकै थिएँ बैगुनी !

गुनीलाई पो गुनको पैंचो गुनै हुन्छ
सिङ्-पुछर भएको बैगुनीलाई के हुन्छ र?
इमानीको पो इमान समाउन सकिन्छ
लाचारी बैमानीको के समाउन सकिन्छ र?

6 thoughts on “बैगुनी”

  1. आफ्नु जीवनको घटना पोख्नु
    आफ्नु जीवनको घटना पोख्नु भएजस्तो लाग्यो एथार्थ झल्किएको छ छक्कु जी
    बैगुनी हरु त्येस्तै हुन्छन आफ्नु स्वार्थको लागि के के गर्दैनन उनीहरु………….

    गुनीलाई पो गुनको पैंचो गुनै हुन्छ
    सिं पुछर भएको बैगुनीलाई के हुन्छर ?
    इमानीको पो इमान समाउन सकिन्छ
    लाचारी बैमानीको के समाउन सकिन्छर ?

    झुट का खानीहरु हुन् तिनीहरु ………….

  2. मारे पाप पाले पुन्य
    मारे पाप पाले पुन्य भनेर
    सिंगो जीवन सुम्पेकै थिएं बैगुनी !
    छाँटी चिरी देखाउन पो सकिन
    चोखो मायाँ गरेकै थिएं बैगुनी !

    tapaiko yo kabita dherai nai asal chha tara tapaile sudwa sudwilaai alikati dhyaan die sunma sugandha hunthyo ki छाँटी yo shabda khasछाती hunu parne jasto lagchah malaai ki maile bujhna nasakeko ho ki?

    best of luck.

  3. मारे पाप पाले पुण्य
    मारे पाप पाले पुण्य भनेर
    सिंगो जीवन सुम्पेकै थिएँ बैगुनी !
    छाती चिरी देखाउन पो सकिन
    चोखो मायाँ गरेकै थिएँ बैगुनी !

    ma sarai imressed bhae yo laharharu sanga badhaai chha chhakku jee, yasari nai tapaiko kalam cahli rahos nirantara sapta gandaki jhai..

    BJ Bantawa

  4. छक्कु उदासी

    मनोज, मिलन, आशांक र बि. जे.
    मनोज, मिलन, आशांक र बि. जे. जी ! मलाई यसरी थप हौशला र प्रेरणा दिनु भएकोमा धन्यबाद भन्दा अझ ठूलो कुरो केहि पाईन, त्यसैले मेरो ह्रदय देखिको मुरी मुरी धन्यबाद स्वीकार गरिदिनु होला । साथै साफ़ा भवानाले मेरो गल्ती औंल्याई दिनु हुने मिलन जीलाई हार्दिक आभार ब्यक्त गर्दछु ।

    छक्कु उदासी

Leave a Reply

Your email address will not be published. Required fields are marked *