Skip to content

नेपाली नयाँ बर्ष


गाउ घर तिरको नयाँ बर्ष
नेपालीको ओठमा नयाँ बर्ष आयो
कसैको गोठमा भैसीले रांगो ब्यायो
पल्ला गाउको भैरेले स्वास्नी ल्यायो
भुन्टीले फेरी लोर्के छोरो पायो
तल्ला घरे कान्छी पोईला गयो
वल्ला गाउको जेठो अरव गयो

बास्तबितामा नयाँ बर्ष
घडीको सेकेन्ड मिनेट र घन्टा सुईले
पलपल मान्छेको उमेर धकेलिरहेको छ
दिन हप्ता र महिना गन्दै भित्ते पात्रोले
प्रत्येक मान्छेको उमेर च्याटिरहेको छ
ऋतु बर्ष र सताब्दी भन्दै जीवन यात्राले
कुनै दिन र समयमा अवस्य मृत्यु कुरिरहेको छ

मेरो नयाँ बर्ष
खै किन, कहां र कसरी आयो नयाँ बर्ष ?
पुरानै मनमा नयाँ बर्षको उमंग भरिएको मात्रै हो
पुरानै मुखमा सुभकानाका लहर बर्षाएको मात्रै हो
पुरानै घरमा नयाँ बर्षको पात्रो छाएको मात्रै हो
पुरानै बिचारमा फेरी नयाँ बर्ष आएको मात्रै हो

उस्को नयाँ बर्ष
धन्नै ! उस्ले यो नयाँ बर्ष मनाउन पायो
गएको बर्ष जनतन सबै गुमाएर बाँच्यो
आउने बर्षको लागि चाहानाहरु साँच्यो
अब त जीवनमा नयाँ वहार आउने आशा गर्यो
अनि यो नयाँ बर्षमा त एक्लै अन्यासै मुस्कुरायो

1 thought on “नेपाली नयाँ बर्ष”

  1. बिहानी उज्यालोलाई पर्खंदै
    बिहानी उज्यालोलाई पर्खंदै अधेरी रातमा रूमलिएपनि, झरनालाई नि तिर्खाईमा तड्पिए पनि, सहासको बाटो परिवर्तन नहोस् यात्रा निरन्तर चलिरहोस हुरिबतासको लहर जति नै बेगले चले पनि, कर्मको दियो अटुट बलिरहोस, शुभ 2066 को अवसरमा सु-शब्द शुभ-कामना. : नयाँ बसन्त को पालुवा ले सजियोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *