Skip to content


आयो फेरि पनि नयाँ बर्ष
मान्छेले नयाँ चाहेरै होला
केश फुल्यो, दाँत झर्यो
आफैं पुरानिएको नमिठो बोध
दिन गन्यो, रात गन्यो
कता कता चसक्क दुखाई
आफ्नै उमेरमा एक जोड
अनवरत घुम्ने घडीको सुइले
झस्किंदै छन्, मानवीय चेतना
आफ्नै मृत्युको दिन छोट्याउँदै
अलिकति बोध तर धेरै अबोध
पुरानोभन्दा नयाँ चाहेरै होला
फेरि पनि च्यातिए भित्ताका पात्रोहरू
पल पल थोत्रिएका जीवनको अर्को अध्याय
तर कहिलै आफू खुसी मर्न नचाहने
बिचरा ! मान्छेको त्यो अद्भूत चाहाना
दिन-दिनै थोत्रिएका ती महल र बस्तीहरूमा
नयाँ पात्रो टाँगेर नयाँ अनुभूति गर्ने
धन्य नै हो ! मानिसको आदम्य मानसिकता
तै पनि येन केन, जसो तसो नयाँ बर्ष
चाउरिंदै गएको जीर्ण गाला
नयाँ उमंगका अप्राकृतिक लाली
सुन्य गन्तब्य, लर्टर्दै दुई पैदल
केही त होला कि भन्ने नयाँ जोस
कटेली परेका एक जोर ओठ
नयाँ खुसीको झिनो आश
अव्यक्त ला….मो.. सुस्केरा
उ….फ… नयाँ बर्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *