Skip to content

दुधको भारा आमालाई नतिरी
ए..होई.. मर्नु हुन्न स्वदेशमा नफ़िरी
जाउँ खोली तिरै तिर, बिदेशैमा लाली जोवान बित्योनी मन भरी पिरै पिर

स्वदेशमै पाए त राम्रो काम
ए…होई… कल्ले खान्थ्यो बिदेशको चर्को घाम
जाउँ खोली तिरै तिर, सोचे जस्तो नहुने कैलेनी मन भरी पिरै पिर

देशको मायाँ मुटुमै साँचेरे
ए…होई…बाँचेकी छु उधारो हाँसेर
जाउँ खोली तिरै तिर, बिदेशैमा लाली जोवान बित्योनी मन भरी पिरै पिर

नेपाल छोडी प्रदेशमा आकी छु
ए…होई..पानी बिना माछी झै भाकी छु
जाउँ खोली तिरै तिर, सोचे जस्तो नहुने कैलेनी मन भरी पिरै पिर

स्वदेश फ़र्कौं अब ढिला भईसक्यो
ए…होई…भित्र भित्रै धमिरा लाईसक्यो
जाउँ खोली तिरै तिर, बिदेशैमा लाली जोवान बित्योनी मन भरी पिरै पिर

3 thoughts on “लोकलहरी”

  1. लौ छक्कु जी स्वर्णिम बिहानीमा
    लौ छक्कु जी स्वर्णिम बिहानीमा लोकगितको झंकार राष्ट्रको बेदनामा भावनाको हुंकार बधाई छ बधाई तर सबै परदेशमा बस्न हुन्न भन्दै परदेशमै बस्छन के गर्ने नबसौ पनि कसरी नेपालको अवस्था यस्तो छ, गीतको लागि धन्यवाद ।

  2. BJ sir sanga meropani
    BJ sir sanga meropani samartha hunai parchha jasto laagyo chhakku ji lai mithi lok lahari kolagi dhanyaabaad chha.

    Geet mero pardeshi jivan sanga mildo lagyo

  3. छक्कुजी गीत मीठो लाग्यो।
    छक्कुजी गीत मीठो लाग्यो। बिदेशिएका नेपालीको भावना, मीठो लय, शब्द अनि, भावमा व्यक्त गर्नु भएको रहेछ, छोयो मलाई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *