लीला लुइटेल
नेपाली नाटकमा महिलालेखन
नेपाली साहित्यमा अन्य विधाका तुलनामा नाटकको लेखन कमै भएको पाइन्छ । यस क्षेत्रमा महिलाको सक्रियता निकै कम देखिए पनि निराशै हुनुपर्ने स्थिति चाहिँ छैन । हालसम्म प्राप्त जानकारीअनुसार नेपाली एकाङ्की नाटकमा महिलाको प्रवेश राधिका रायाको ‘जीवनको इच्छा’ (भारती, ७/७, सन् १९५४) शीर्षक एकाङ्कीबाट भएको देखिन्छ ।
महिलालेखन र नारीवादी नेपाली उपन्यास
साहित्यकारलाई लिङ्ग भेद गरेर हेर्नु हुँदैन भन्ने दृष्टिकोण पनि रहेको पाइन्छ तर महिलाका भावना, अनुभूति, अनुभव, समस्या, कुण्ठा, विकार, यौनसम्बन्धी दृष्टिकोण आदि महिलाकै कलमबाट सिर्जना हुँदा ती जति बढी प्रामाणिक र वस्तुगत हुन्छन् त्यति पुरुषहरूद्वारा सिर्जित रचनाबाट हुँदैनन् भन्ने यथार्थवादी दृष्टिकोण र मान्यता विगत केही दशकदेखि स्थापित भइसकेको छ । नारीवादी चिन्तकहरूले पनि यसै तथ्यमाथि जोड दिँदै आएका छन् ।
