नयनराज पाण्डे

अदुवा

उनी दाहिने हातको चोर औँलामाथि माझी औँला खप्ट्याउँथे र सुँघ्थे । अचम्मैको बानी उनको । आफ्नो कार्यकक्षमा मिटिङमा मात्र होइन, अरू बेला पनि कसैसित कुराकानी हुन थाल्यो कि उनको दाहिने हातका औँलाहरू सक्रिय भइहाल्थे । एक दिन सोधेँ, ‘किन यसरी औँला सुँघ्नुहुन्छ दाइ ?’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वृषभ वध अर्थात् राष्ट्रिय रूपक

जतिखेर नेपालमा निर्दलीय पञ्चायती व्यवस्था नेपाली जनताको मथिंगलमा टेकेर रजाइँ गर्ने बलियो तरखर गर्दै थियो, लगभग त्यहीताका अर्थात् सन् १९६३ को अगस्टका प्रारम्भिक दिनहरूमा सोभियत रुसको तत्कालीन राजधानी लेनिनग्रादमा युरोपीय साहित्यकार र समीक्षकहरू भेला भएर भविष्यका उपन्यासहरूमाथि चर्चा गर्दै थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

साहित्यको बजार र बजारको साहित्य

‘एउटा पाठक मर्नुअघिसम्म हजारौं जीवन बाँचिसकेको हुन्छ । तर एउटा पनि किताब नपढ्ने व्यक्तिले केवल एउटा जीवनमात्र बाँच्छ ।’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बेकूफ

  • by

साह्रै असल मान्छे ऊ । नाम बुद्धिराज थर थानी, स्वाभावले साह्रै ज्ञानी । साह्रै फरासिलो र साह्रै स्वाभिमानी । एकपटक कलेज पढ्दा उसले देशभक्तिले ओतप्रोत कविता लेखेको थियोः

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मृत्युशय्यामा युधिष्ठिर

  • by

-यो कथा इतिहासमा कतै पनि लेखिएको छैन । तर, यसका पात्रहरु अझै पनि जीवित छन् । दुर्भाग्य ! तिनीहरु यस कथाको सत्यताको साक्षी बस्न तयार छैनन् । त्यसैले यो कथा अविश्वसनीय लाग्न सक्छ । तर पनि म तपाईं आदरणीय पाठकहरुलाई विश्वास दिलाउन चाहन्छु कि यो कथा यसमा उल्लिखित युधिष्ठिरका निकटस्थ व्यक्तिले दिएको सूचनामा आधारित छ । मलाई यसरी सूचना उपलब्ध गराउने व्यक्ति त्यसो त युधिष्ठिरका आफन्त नै हुन् तर उनी दुर्योधनका निकटस्थ मानिन्थे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भिडन्त

  • by

प्लेन नेपालगन्ज विमानस्थलमा ओर्लिएपछि ऊ केही ढुक्क भयो । आश्वस्त भयो । अब त बाँचियो भन्ने भाव देखियो उसको अनुहारमा ।

ऊ जुम्ली । जुम्ला उसको घर । तर अब जुम्लामा उसको घर छैन । अवशेष मात्र छ घरको । अहँ, घरको केही पनि स्याहार्न पाएन उसले । एकैछिनमा आगोले यसरी डढायो कि घरसँगै उसको केके जल्यो केके । त्यसपछि ज्यान जोगाएर भाग्नुपर्‍यो उसले । जुम्ला छाड्नुपर्‍यो उसले । फेरि जुम्ला फर्कन पाइएला-नपाइएला, फेरि जलेको ठाउँमा अर्को घर बनाउन पाइएला-नपाइएला, यो सबै सुदूर भविष्यको कुरा । त्यति टाढासम्मको सोच्ने, अनुमान गर्न सक्ने हैसियत छैन उसको । ऊ त बस वर्तमानलाई बुझ्नसक्छ, त्यो पनि अलिअलि, त्यो पनि आफ्नै पाराले, त्यो पनि आफ्नै खालले ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

निदाएँ जगदम्बा

  • by

उनलाई अचेल राम्ररी निद्रा पर्दैन। अनिद्राका रोगी भएका छन्। सुरुसुरुमा त उनले आफ्नो अनिद्रालाई सामान्य रूपमा लिएका थिए। तर पछि उनलाई यसले निकै दुःख देला जस्तो लाग्न थाल्यो। एक त राजनीति गर्ने मान्छे। त्यसै पनि सधैँ तनावग्रस्त, सधैँ चिन्ताग्रस्त भइरहनुपर्ने। आराम भनेको त्यही राति निदाउँदासम्मको हो। तर त्यही निद्रा नै हराएपछि स्वास्थ्यमा प्रतिकूल असर पर्ने नै भयो। यो कुरा उनले धेरैसम्म कसैलाई भनेका थिएनन्। साह्रै भएपछि एक दिन उनले आफ्नी श्रीमती जगदम्बालाई भने ‘जगदम्बा ! अचेल मलाई निद्रा पर्दैन।‘

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अमेरिका

  • by

अवतरणको क्रममा विमानले काठमाडा“ै उपत्यकावरिपरि फन्को मार्दा मैले विमानबाटै र्ससर्ती काठमाडा“ैलाई हर्ेर्ने अवसर पाए । अमेरिकाबाट हिड्दा मलाई लागेको थियो, म कुनै असभ्य र आदिमानवहरूको बस्तीमा जादैछु । माटाका घरहरू होलान्, धूलो उड्ने सडकहरू होलान् । यस्तै सोचेको थिए मैले । वास्तवमा नेपालको कुनै सुकिलो छवि थिएन मेरो मस्तिष्कमा । यद्यपि वासिङ्टनमा मैले नेपालसम्बन्धी एउटा वृत्तचित्र हेरेको थिए । तर, त्यो हिमाल आरोहणसम्बन्धी वृत्तचित्र थियो । केही वर्षघि हनी हन्टर पनि हेरेको थिए । ओस्कारमा ‘नोमिनेट’ भएपछि क्याराभान पनि हेरेको थिए । र, ती सबै हेरेपछि मैले नेपाललाई यसरी नै बुझेको थिए- असभ्य, आदिम, अशिक्षित, गरिब र भोको । हरेक समय अनुदान पर्खिरहेको एउटा निर्धन देश ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •