Skip to content

अवतरणको क्रममा विमानले काठमाडा“ै उपत्यकावरिपरि फन्को मार्दा मैले विमानबाटै र्ससर्ती काठमाडा“ैलाई हर्ेर्ने अवसर पाए । अमेरिकाबाट हिड्दा मलाई लागेको थियो, म कुनै असभ्य र आदिमानवहरूको बस्तीमा जादैछु । माटाका घरहरू होलान्, धूलो उड्ने सडकहरू होलान् । यस्तै सोचेको थिए मैले । वास्तवमा नेपालको कुनै सुकिलो छवि थिएन मेरो मस्तिष्कमा । यद्यपि वासिङ्टनमा मैले नेपालसम्बन्धी एउटा वृत्तचित्र हेरेको थिए । तर, त्यो हिमाल आरोहणसम्बन्धी वृत्तचित्र थियो । केही वर्षघि हनी हन्टर पनि हेरेको थिए । ओस्कारमा ‘नोमिनेट’ भएपछि क्याराभान पनि हेरेको थिए । र, ती सबै हेरेपछि मैले नेपाललाई यसरी नै बुझेको थिए- असभ्य, आदिम, अशिक्षित, गरिब र भोको । हरेक समय अनुदान पर्खिरहेको एउटा निर्धन देश ।

एयरपोर्टको लाउन्जमा मेरो नामको प्लेकार्ड लिएर एउटा दुब्लो-पातलो मान्छे उभिएको थियो । तर, उसको हातमा फूल थिएन, बुके थिएन । असभ्यतासितको पहिलो भेट एयरपोर्टमै भयो ।

‘नमस्ते’ त्यस मान्छेले भ्ान्यो । मैले बुझिन । उसले सायद मेरो अनुहारको भाव बुझ्यो ।

त्यसैले आफूलाई सच्याएर भन्यो, “हेलो सर, हाउ आर यू -”

त्यसपछि भने मलाई ऊ केही आत्मीय लाग्यो । अङ्ग्रेजी सुनेपछि बिरानो पनि आफन्तजस्तै लाग्दोरहेछ ।

यद्यपि त्यो मान्छे असभ्यजस्तो त देखिएको थिएन । तर, त्यसले अनौठो खालको लुगा लगाएको थियो । एकदम अस्वाभाविक, अनौठो र असुविधाजनक पोसाक । पछि थाहा भयोे, त्यो नेपालको राष्ट्रिय पोसाक रहेछ । दौरा-सुरुवाल । अनि त्यसमाथि चुच्चो परेको अनौठो टोपी । पछि मलाई एयरपोर्टमा लिन आउने त्यस मान्छेको नाम पनि थाहा भयो- जनार्दन । जनार्दन नै मेरो दोभाषे रहेछ । ‘गाइड’ पनि उही नै रहेछ । मलाई पनि सजिलो भयो ।

तर, एयरपोर्टबाट उसले मलाई सोल्टी क्राउन प्लाजा ल्ौजानुपर्ने । सोझै होटल । म लामो विमानयात्राबाट थाकेको पनि थिए“ । म होटल पुगेर पूरा आराम गर्न चाहन्थे“ ।

तर, उसले मलाई चिडियाखाना पो लग्यो ।

“यो कहा ल्याएको -” मैले रिसाएर सोधे ।

“सर, यो चिडियाघर । जू । थरीथरीका जनावर छन् । बोटिङ्को सुविधा पनि छ । हात्तीमा पनि चढ्न सक्नुहुन्छ,” उसले गाइडको भाषामा भन्यो ।

“तर, मेरो प्रोग्राम सेड्युलमा त जू घुम्ने लेखेकै छैन ।”

“हो र -” उसले थाहा नपाएझै भन्यो ।

“यो त तपाईंलाई थाहा हुनुपर्ने मिस्टर जनार्दन ।” मैले केही कठोर भएर भने ।

“सरी सर, आई एम्ा रियल्ली भेरी सरी,” उसले याचनामय मुद्रामा भन्यो ।

“यू, बार्स्र्टड,” म यसरी हकार्न चाहन्थे“ । तर सोचे“, म त विदेशी । अमेरिकी । अर्काको देशमा छु । यसरी रिसाउनु हु“दैन ।

“सर, म खासमा कन्फ्युज भए ।” … ऊ रुन लागेझै देखियो । … र, अनि केहीबेरपछि उसले मलाई होटल पुर्‍यायो । सोल्टी होटल ।

अमेरिकामा मलाई नेपालमा धेरैपटक आइसकेको मेरो एक जना मित्रले भनेको थियो, नेपालमा पानी प्युदा होश पुर्‍याउनू । एकदम फोहर हुन्छ । त्यहाको वातावरणजस्तै । त्यहा“को मानसिकताजस्तै । … त्यसैले रुम ब्वायलाई मैले तातो पानी ल्याउन भने। ‘ब्वायल्ड वाटर’ । तर, एकछिनपछि उसले ल्यायो, आइस् क्यूबले भरिएको बाउल । म छक्क परे । मर्ुमरिए । हकारे उसलाई ।

“सरी सर, म खासमा कन्फ्युज भए“,” रुम ब्वायले पनि याचनामय भएर जवाफ दियो ।

जाडो थियो । मैले ब्ल्याङ्केट मगाए“ । ऊ एक घण्टा बेपत्ता भयो । र, एक घण्टापछि टेबुल फ्यान लिएर आयो ।

“यो के -” मैले सोधे“ ।

“टेबुल फ्यान- न्यू मोडलको- प|mेस हावा दिन्छ ।”

मैले अनि टाउकोमा हात राखे“ । मलाई लाग्यो, म सा“च्चिकै आदिम ठाउ“मा आइपुगेछु ।

‘नेपालमा द्वन्द्वको असर’ सम्बन्धमा अध्ययन गर्न म नेपाल आएको थिए“ । ठूलो जिम्मेवारी थियो ममाथि । नेपाली समाजको गहिरो अध्ययन गर्नु थियो । राज्यव्यवस्था र प्रशासनसित सम्बन्धित विशिष्ठ व्यक्तिहरूसित भेटघाट गर्नु थियो । समाजशास्त्रीहरूसित, राजनीतिशास्त्रका प्रोफेसरहरूसित, द्वन्द्व व्यवस्थापनसित सम्बन्धित विज्ञहरूसित भेटघाट गर्नु थियो । ‘टाइट सेड्युल’ । र, फर्केर ह्वाइटहाउस र पेन्टागनलाई आफ्नो रिपोर्ट पनि बुझाउनु थियो । त्यसैले म हरेक समय चनाखो भइरहनुपर्ने थियो । प्राप्त एकएक सूचनालाई, सुझावलाई र विचारहरूलाई केलाएर तिन्ाीहरूलाई एउटा क्रममा पनि मिलाउनु थियो ।

वास्तवमा दक्षिण एसियामै यो मेरो पहिलो आगमन थियो । यसअघि म इराकमा कार्यरत थिए“ । अमेरिकी आक्रमणअघिको इराकमा । इराकमा भएको सामरिक, जैविक अनि हतियारहरूको अध्ययनको क्रममा मैले केही समय इराकमै बिताएको थिए“ । पेन्टागनलाई त्यससम्बन्धी गोप्य रिपोर्ट बुझाउनेमा म पनि सामेल थिए“ । मलाई खाडी क्षेत्रको विशेषज्ञ मानिन्थ्यो । त्यसैले मैले दक्षिण एसियाको बारेमा उतिसाह्रो अध्ययन गर्न पाएको थिइन । इन्डियाको बारेमा केही जानकारी भने अवश्य थियो । तर, नेपालको बारेमा मलाई यति मात्र थाहा थियो कि यहा“ सगरमाथा छ र गौतम बुद्धको जन्म पनि यही“ भएको थियो । तर, नेपाल आउनुअघि आफूलाई हल्का ‘अपडेट’ भने गरेको थिए“ र यहा“ चलिरहेको सरकार- माओवादी युद्धको बारेमा मोटामोटी अध्ययन पनि गरेको थिए“ । तर, जिम्मेवारीलाई त बहन गर्नैपर्‍यो । र, यसका निम्ति म तयार पनि थिए“ ।

यहा“का समाजशास्त्री, अर्थशास्त्री, राजनीतिज्ञ, प्रशासक, बुद्धिजीवीहरूको विचार त मैले बुभ्fm्नु नै थियो । तर, मेरा लागि सबैभन्दा महत्त्वपर्ूण्ा थियो, नागरिक समाजको विचार र उनीहरूका अनुभव र उनीहरूका अनुभूतिहरू । यस काममा मलाई मेरो दोभाषे जनार्दनले सहयोग गर्न सक्थ्यो । त्यसैले एक दिन नियमित ‘सेड्युल’ बाट मैले समय निकाले“ र उसलाई भने“, “मलाई यहा“को समाजको अध्ययन गर्नु छ ।”

अनि उसले अत्यधिक उत्साहित भएर मलाई पुर्‍यायो एउटा सपिङ् कम्लेक्समा । म छक्क परे“ । फेरि हकारे“ उसलाई ।

“के सपिङ् कम्लेक्समा समाजको अध्ययन गर्न सकिन्छ -” हकार्दै भने“ ।

उसले उही पुरानो जवाफ दियो, “सरी सर, म कन्फ्युज भए“ ।”

तर, ठीकै भयो । मैले सोचे“, सपिङ् नै गरिहालु“ । त्यसैले सोझै एउटा पेन्टिङ् पसलमा गए“ ।

“मलाई एउटा सुन्दर पेन्टिङ् देखाऊ,” मैले पसलेलाई भने“ । उसले हत्तपत्त मेराअगाडि एउटा पेन्टिङ् तेर्स्यायो । म तर्सर्ेे। किनभने, लाग्थ्यो पेन्टिङ् रङ्गहरूले हैन, रगतले बनाएको हो । लासहरू, विस्फोटहरू, आ“सुहरू । बस् पेन्टिङ्मा त्यति मात्र देखिन्थ्यो । अरू केही थिएन । विरूप । त्यहा“ सुन्दरता थिएन । उत्तरआधुनिक चेतना पनि थिएन ।

“ब्रदर, मैले त सुन्दर पेन्टिङ् खोजेको थिए“,” मैले आफूलाई सकेसम्म नम्र बनाएर सोधे“ । पसलेले पनि त्यही भन्यो, जनार्दनले जस्तै ।

“सर, सरी … कन्फ्युज भए“ ।”

“भाइ, अति भयो । अब म ‘रिल्याक्स’ चाहन्छु । कृपया मलाई कुनै थिएटरमा लैजाऊ ।” मैले जनार्दनसित याचना नै गरे“ । म शेक्सपियरको कुनै नाटक हेरेर आफ्नो तनाव कम गर्न चाहन्थे“ । रोमियो जुलियट वा अरू त्यस्तै कुनै क्लासिक ।

“अफ्कोर्स, ह्वाइ नट,” भन्दै उसले मलाई लग्यो एउटा अनाथालयमा ।

हो अनाथालयमा ।

त्यहा“ अनाथहरू थिए । द्वन्द्वमा आमाबाबु गुमाएर अनाथ भएकाहरू । उनीहरू उदास थिए । अनुहारमा त्रास थियो । पीडा थियो । आ“खामुनि आ“सु सुकेपछिको दाग थियो । सबैको अनुहारमा । त्यहा“ मैले केही फोटो पनि खिचे“ । रोगी, पीडित र अभावग्रस्त अनुहारका पोट्रेटहरू । मेरी छोरी क्रिस्टिनालाई यस्तो फोटो अस्ााध्य मन पर्छ ।

त्यसपछि जनार्दनले मलाई एउटा महिला आश्रममा लग्यो । प्रायः सबै महिलाहरू सेतो साडीमा थिए । तिनीहरूको आ“खामा लाग्थ्यो, कुन्ौ सपना बा“की छैन अब । तिनीहरू पनि द्वन्द्वमा आफ्नो छोरा, आफ्नो लोग्ने र दाजुभाइ गुमाएर एक्लो भएका थिए । तिनीहरूले आफ्नै आ“खाअगाडि आफ्ना दाजुभाइ, सन्तान र पिताहरूको हत्या भएको देखेका थिए । त्यसैले तिनीहरू कसैको अनुहारमा पनि हा“सो भन्ने कुरा थिएन । बस् औ“सीको कुनै भयानक रातको छाया“ पोतिएजस्तो देखिन्थ्यो तिनीहरूको अनुहारमा । यो कहा“ ल्यायो जनार्दनले मलाई । म आराम चाहन्थे“ । उसले तनावग्रस्त ठाउ“मा ल्यायो । तर, त्यहा“ पुगेपछि एउटा कुरा मैले बुझे“ । अनाथ बालकहरू, असहाय भएका महिलाहरूको अनुहारमा हर्ेदा लाग्थ्यो, यिनीहरू केही चाहिरहेछन् । केही खोजिरहेका छन् । जनार्दनको आ“खामा पनि त्यस्तै केही भाव थियो । तर, मैले बुझिन । बुभ्fm्ने समय पनि थिएन । मलाई हतार थियो । यहा“को मन्त्रिमण्डलका सदस्यहरूसित एउटा मिटिङ् थियो ।

मिटिङ्मा मन्त्रीहरू थिए । र, उनीहरू सबै मेरो सुटतिर हर्ेर्दै थिए र मेरो टल्केको जुत्तातिर हर्ेर्दै थिए । मलाई लाग्यो मेरो अमेरिकन जुत्तामा उन्ाीहरू आफ्नो अनुहार हर्ेर्दैछन् । उनीहरू मेरो पहिरन, मेरो घडी, मेरो व्यक्तित्वलाई हर्ेर्दै थिए । मुग्ध भएर । लाटोझै“ ।

“तपाईंहरूको वास्तविक चाहना के -” मैले मन्त्रिमण्डलका वरिष्ठ सदस्यसित सोधे“ ।

“सर, हामीकहा“ रात पर्दा, तपाईंहरूकहा दिन हुन्छ, हो – … हामीकहा दिन हुदा, तपाईंहरूकहा रात पर्छ, हो – …वाह, त्यस्तो पो देश ।”

मैले बुझिन“ । यो के थियो – मेरो प्रश्नको उत्तर वा मेरो प्रशंसा वा चिन्तनहीन, विचारहीन दिमागबाट निस्केको एउटा असामयिक र गैरजिम्मेदार टिप्पणी । मैले बुझिन“ ।

पछि जनार्दनले भन्यो, “सर, तिनीहरू कन्फ्युज छन् ।”

मैले जनार्दनसित आफ्ना छोराछोरीका लागि सुन्दर ‘गिफ्ट’ ल्याउन भने“ । उसले कतैबाट बन्दुक ल्यायो । र, मलाई बन्दुक चलाउने तरिका सिकाउन थाल्यो । म पनि छक्क परे“ । मैले जनार्दनलाई साधारण दोभाषे र गाइड भन्ठानेको थिए“ । तर, उसलाई हतियारहरूको बारेमा गजबको जानकारी रहेछ ।

“सर, यति जानकारी त अचेल यहा“ बच्चा बच्चाले राख्दछ,” उसले यति भनेपछि म तीव्र आर्श्चर्यमा परे“ । झन् तनावग्रस्त भए“ । त्यसैले मैले उसलाई फूलको बग“ैचामा लैजाऊ भने“ तर उसले मलाई एम्बुस विस्फोट भएको ठाउ“मा लग्यो । मैले उसलाई देशका प्रतिष्ठित कविहरूसित भेट गराऊ भने“, उसले मलाई विशाल जुलुस देखाउन लग्यो ।

“के यही हो कविहरूको जुलुस – के यिनीहरू नया“ विषय, नया“ विम्ब र नया“ चिन्तनको खोजीमा छन् -” मैले जुलुसतिर हर्ेर्दै जनार्दनलाई सोधे“ ।

“नो सर, यिनीहरू शान्ति चाहियो भन्ने माग लिएर हिडिरहेका जनता हुन् । नेपाली जनता ।”

“ओह, आई सी,” मेरो मुखबाट संक्षिप्त प्रतिक्रिया निस्क्यो । मलाई ती जनताको नारा कुनै बोझिल कविताजस्तो लागिरहेको थियो ।

तर, मैले बुझे“ । केही तत्काल बुझे“, केही पछि बुझे“ । बुझे“ कि जनार्दन ‘कन्फ्युजन’ मा छ । अलमलमा छ । यहा“ सबै अलमलमा छन् । आफूलाई बुझिरहेका छैनन् । आफ्नो चाहनालाई बुझिरहेका छैनन् । आफ्नो सपनालाई बुझिरहेका छैनन् । सिङ्गै देश अलमलमा छ । के ठीक, के बेठीक । के राम्रो, के नराम्रो । के हुनर्ुपर्छ, के हुनु हु“दैन । सबै ‘कन्फ्यु्ज्ड’ । तर, म खुसी भए । किनभने मैले यहाका जनताको चाहनालाई सजिलै बुझिसकेको थ्ािए । मैले मनमनै आफ्नो विश्लेषण क्षमताको आफ“ैले तारिफ गरे ।

अमेरिका र्फकने बेलामा जनार्दनको आ“खामा आ“सु थियो । मलाई लाग्यो, ऊ मसित केही याचना गर्दैछ र मप्रति एकदमै आशावादी भएको छ । म पनि भावुक भए“ । आखिर अमेरिकी मन न हो । लाग्यो, मैले उसको लागि केही सोच्नर्ैपर्छ । केही गर्नैपर्छ । अनि मैले उसलाई सम्झाए“ ।

“चित्त नदुखाऊ जनार्दन । नरोऊ । मेरो तिमीप्रति सहानुभूति छ । वी आर विद यु । म त्रि्रो साथ छु । सिङ्गो अमेरिका त्रि्रो साथ छ । त्रि्रो दुःख हाम्रो पनि दुःख हो । अमेरिकाको पनि दुःख हो । हामीले तिमीहरूको पीडा बुभ्fm्छौ“ । हामी केही सोच्नेछौ“ तिमीहरूको बारेमा, ‘सिरियसली’ ।”

प्लेनमा । नेपाली आकाशमा उडिरहेको प्लेनमा मैले आफ्नो अमेरिकन वायरलेस ल्याप्टप खोले । … र, ह्वाइटहाउसलाई एउटार् इ-मेल पठाए“ ।

“सर, यो ठाउलाई तत्काल केही हतियारहरूको आवश्यकता छ । अत्याधुनिक हतियारहरूको ।”

र, त्यसपछि अर्कोर् इ-मेल जनार्दनलाई पठाए“ ।

“प्रिय जनार्दन, हतियारहरूको एउटा खेप चाडै तिमीहरूकहा पुग्दैछ । वेस्ट अफ लक ।”

नेपाल साप्ताहिक
अंक ११४

Leave a Reply

Your email address will not be published. Required fields are marked *