दुई मुक्तक (साँच्चै जिउनलाई) चन्द्र भट्ट मुक्तक by editorJanuary 15, 2017१) साँच्चै जिउनलाई त माया हुनुपर्छ सहयोगी हातहरू दायाँ बायाँ हुनुपर्छ थाके पनि जीवनमा सुस्केरा हाल्नलाई बर–पीपलको शीतल छाँया हुनुपर्छ ।
दुई मुक्तक (शिकार गर्ने) चन्द्र भट्ट मुक्तक by editorDecember 25, 2016१) शिकार गर्ने मेरो तीर बिकेन सधैं घोचिरहने यो पीर बिकेन मलाई वारपार बनाइरह्यो सधैं, खोटोको खोटै यो तकदिर बिकेन ।
दुई मुक्तक (देखिएका अनि सुनिएका कुरा) चन्द्र भट्ट मुक्तक by editorDecember 17, 2016१) देखिएका अनि सुनिएका कुरा गलत अनि सही ठानिएका कुरा खुल्दुली हुन्छ मलाई जान्न कहिले ईतिहासमा कहीं कतै कोरिएका कुरा ।
दुई मुक्तक (कसैसँग कसैको त्यो संस्कार) चन्द्र भट्ट मुक्तक by editorOctober 28, 2016कसैसँग कसैको त्यो संस्कार मिल्ने हैन मिले पनि अर्को कुरा व्यवहार मिल्ने हैन प्रेमका प्यासी छन यहाँ अँझ थुप्रै तर मन बुझ्ने कोही समझ्दार मिल्ने हैन ।
माया गर्ने उसको मन चन्द्र भट्ट गजल by editorOctober 13, 2016माया गर्ने उसको मन हरायो, सँगै मर्ने भन्ने कसम हरायो । चोट दिन्छ यादले घरीघरी, टाढा सर्ने त्यही सहर हरायो ।
तीन मुक्तक (कोही कसैलाई खास छैन) चन्द्र भट्ट मुक्तक by editorOctober 2, 2016१) कोही कसैलाई खास छैन भन्छ ऊ समय पनि एकनास छैन भन्छ ऊ मान्छे एक र रुप अनेक भएदेखि छैन अब त विश्वास छैन भन्छ ऊ ।
तीन मुक्तक (सोचे जस्तो सबैको) चन्द्र भट्ट मुक्तक by editorSeptember 17, 2016१) सोचे जस्तो सबैको मन हुने भए अलग मुटुको एक धडकन हुने भए किन दुःखी हुनेथें र कहीं कोही चाहे जस्तो कसीलो बन्धन हुने भए ।
दुई मुक्तक (भएको छ उनको मालामाल) चन्द्र भट्ट मुक्तक by editorAugust 29, 2016१) भएको छ उनको मालामाल भएको छ मलाई भने ठिक उल्टो चाल भएको छ उता अहिले ठुलो महलमा छिन उनी, यहाँ मेरो चाहिं हाल बेहाल भएको छ ।
तीन मुक्तक (संघर्षमा मेरो) चन्द्र भट्ट मुक्तक by editorAugust 13, 2016संघर्षमा मेरो कहिल्यै जित नभएर दुखः छ आफ्नो कोही मित नभएर चकित छु म यिनका रुप देखी यहाँ कोही कसैसँग सम्बन्धित नभएर ।
दुई मुक्तक (मलाई मेरो दिल) चन्द्र भट्ट मुक्तक by editorJuly 23, 2016१) मलाई मेरो दिल दिलाएर जाऊ फाटी सक्यो मन सीलाएर जाऊ घरी घरी यादहरू आई दिन्छन आऊ सक्तीन बाँच्न बिष पिलाएर जाऊ ।
दुई मुक्तक (आफ्नो मनलाई रोक्न सकिन) चन्द्र भट्ट मुक्तक by editorJuly 15, 2016१) आफ्नो मनलाई रोक्न सकिन तिमीबाहेक कोही रोज्न सकिन सबै छोडी कतै टाढा जान खोजे तर तिम्रो वियोग भोग्न सकिन ।
दुई मुक्तक (जाँदैछौ जाऊ) चन्द्र भट्ट मुक्तक by editorJuly 6, 2016१) जाँदैछौ जाऊ कहिल्यै बाटो नभुल्नु आफू जन्मेको हुर्केेको माटो नभुल्नु श्राप लाग्ला है फेरि आमा-वुवाको बल्झिरहने घाउको खाटो नभुल्नु ।
तीन मुक्तक (आफ्नै जिन्दगीसँग) चन्द्र भट्ट मुक्तक by editorJune 19, 2016एक) आफ्नै जिन्दगीसँग बोल्न हिच्किचाउँछु खै किन सबै कुरा खोल्न हिच्किचाउँछु अनुहार एक तर रुप अनेक मान्छेका सकिएन रुपहरू खोतल्न हिच्किचाउँछु ।
दुई मुक्तक (कतै तिमीबाट म पार भए भने) चन्द्र भट्ट मुक्तक by editorJune 3, 2016१ कतै तिमीबाट म पार भए भने नजिक भएर नि बेकार भए भने के गरेर दिन बिताउलीउ र खै, तिमी माथि नै उल्टो भार भए भने
तीन मुक्तक (कहिले वार कहिले पार) चन्द्र भट्ट मुक्तक by editorMay 14, 2016१) कहिले वार कहिले पार बनायो सधैं जीवन पनि, भार बनायो भगवानले पनि आफ्नो सम्झौता, बनायो खै किन, बेकार बनायो ।
बिल्कुलै नयाँ संसार चन्द्र भट्ट गजल by editorMay 7, 2016बिल्कुलै नयाँ संसार बनाएर । ऊ गई मलाई वारपार बनाएर । अहिले ऊ ठुलो महलमा बस्छे, आफ्नो जित मेरो हार बनाएर ।
तीन मुक्तक (जुनेली मलाई त्यो रातमा) चन्द्र भट्ट मुक्तक by editorApril 30, 2016१) जुनेली मलाई त्यो रातमा नखोज्नु मेरो माया अर्काको साथमा नखोज्नु जिउदै जलाएर खरानी बनाएपछि, केही छैन बाँकी मसानघाटमा नखोज्नु
तीन मुक्तक (तिमी नभए नि) चन्द्र भट्ट मुक्तक by editorMarch 28, 2016१) तिमी नभए नि जसो तसो, चलेकै छ बाहिरी हाँसे नि भित्री मन, जलेकै छ अरुहरूसँग नजिक हुन नसके नि मैले, तिम्रो लागि भने यो दिल, गलेकै छ
तीन मुक्तक (जिन्दगीमा कोही) चन्द्र भट्ट मुक्तक by editorMarch 20, 20161 Comment१) जिन्दगीमा कोही, खास नहुँदा बस्ने कही आफ्नो, बास नहुँदा बाँच्नै मुस्किल भइरहेकोछ यहाँ, अँझै उसको याद, विनास नहुँदा ।
तीन मुक्तक (मैले बस्ने शीतल छायाँ) चन्द्र भट्ट मुक्तक by editorJanuary 3, 2016१) मैले बस्ने शीतल, छायाँ तिमी भए अक्सर मैले गर्ने, माया तिमी भए जस्तोसुकै बाधा नि पन्छ्याउँथे, सधैं मेरो, दायाँ-बायाँ तिमी भए