Skip to content

चन्द्र भट्ट

दुई मुक्तक (साँच्चै जिउनलाई)

१)
साँच्चै जिउनलाई त माया हुनुपर्छ
सहयोगी हातहरू दायाँ बायाँ हुनुपर्छ
थाके पनि जीवनमा सुस्केरा हाल्नलाई
बर–पीपलको शीतल छाँया हुनुपर्छ ।

दुई मुक्तक (देखिएका अनि सुनिएका कुरा)

१)
देखिएका अनि सुनिएका कुरा
गलत अनि सही ठानिएका कुरा
खुल्दुली हुन्छ मलाई जान्न कहिले
ईतिहासमा कहीं कतै कोरिएका कुरा ।

दुई मुक्तक (कसैसँग कसैको त्यो संस्कार)

कसैसँग कसैको त्यो संस्कार मिल्ने हैन
मिले पनि अर्को कुरा व्यवहार मिल्ने हैन
प्रेमका प्यासी छन यहाँ अँझ थुप्रै तर
मन बुझ्ने कोही समझ्दार मिल्ने हैन ।

दुई मुक्तक (जाँदैछौ जाऊ)

१)
जाँदैछौ जाऊ कहिल्यै बाटो नभुल्नु
आफू जन्मेको हुर्केेको माटो नभुल्नु
श्राप लाग्ला है फेरि आमा-वुवाको
बल्झिरहने घाउको खाटो नभुल्नु ।

तीन मुक्तक (आफ्नै जिन्दगीसँग)

एक)
आफ्नै जिन्दगीसँग बोल्न हिच्किचाउँछु
खै किन सबै कुरा खोल्न हिच्किचाउँछु
अनुहार एक तर रुप अनेक मान्छेका
सकिएन रुपहरू खोतल्न हिच्किचाउँछु ।

तीन मुक्तक (जुनेली मलाई त्यो रातमा)

१)
जुनेली मलाई त्यो रातमा नखोज्नु
मेरो माया अर्काको साथमा नखोज्नु
जिउदै जलाएर खरानी बनाएपछि,
केही छैन बाँकी मसानघाटमा नखोज्नु

तीन मुक्तक (मैले बस्ने शीतल छायाँ)

१)
मैले बस्ने शीतल, छायाँ तिमी भए
अक्सर मैले गर्ने, माया तिमी भए
जस्तोसुकै बाधा नि पन्छ्याउँथे,
सधैं मेरो, दायाँ-बायाँ तिमी भए