Skip to content

तीन मुक्तक (कोही कसैलाई खास छैन)


१)
कोही कसैलाई खास छैन भन्छ ऊ
समय पनि एकनास छैन भन्छ ऊ
मान्छे एक र रुप अनेक भएदेखि
छैन अब त विश्वास छैन भन्छ ऊ ।

२)
कोही आफ्नो असल मित्र नभएर
भरोसावान मान्छे मन भित्र नभएर
जति छन सबै दुःखित छन अचेल
सबैको एउटै दिल चरित्र नभएर ।

३)
त्यो बिछोड पछिको चोट देखाएर गई
माया मागे मैले ऊ नोट देखाएर गई
चन्द्रमा छुने सपना भएर होला मेरो
प्रेमी थिए म उल्टै खोट देखाएर गई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *