Skip to content

तीन मुक्तक (तिमी नभए नि)


१)
तिमी नभए नि जसो तसो, चलेकै छ
बाहिरी हाँसे नि भित्री मन, जलेकै छ
अरुहरूसँग नजिक हुन नसके नि मैले,
तिम्रो लागि भने यो दिल, गलेकै छ

२)
तिमीभन्दा पहिला मैले, मरे भने
फुल्नै नपाई यतै कतै, झरे भने
अर्कै संसार बनाउछु भन्छौ रे मैले,
यो धर्तीबाट अन्त कतै, सरे भने

३)
आफ्नो दिलमा उसले मलाई बास गराएपछि
फेरि दरिलो सधैं साथ दिने आश गराएपछि
टुक्रिसकेको मनलाई नि बटुल्ने प्रयास गरे,
परेवा जोडी हाम्रो भनी विश्वास गराएपछि

चन्द्र भट्ट
कोटेली,डडेल्धुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *