१)
साँच्चै जिउनलाई त माया हुनुपर्छ
सहयोगी हातहरू दायाँ बायाँ हुनुपर्छ
थाके पनि जीवनमा सुस्केरा हाल्नलाई
बर–पीपलको शीतल छाँया हुनुपर्छ ।
२)
बनाउछु म ऊ सधैं भत्काउन खोज्छ
बारबार मलाई मात्रै सताउन खोज्छ
मेरो जीवन हो म जे सुकै गरु भन्छु
उल्टै मैमाथि हात उठाउन खोज्छ ।
चन्द्र भट्ट चाँदनी
