Skip to content

तीन मुक्तक (जिन्दगीमा कोही)


१)
जिन्दगीमा कोही, खास नहुँदा
बस्ने कही आफ्नो, बास नहुँदा
बाँच्नै मुस्किल भइरहेकोछ यहाँ,
अँझै उसको याद, विनास नहुँदा ।

२)
जानेहरू सब गए, छोडेरै गए
सम्बन्ध पनि आफै, तोडेरै गए
आए पनि कति सम्वन्धहरू त,
अरुसँग नै साथ, जोडेरै गए ।

३)
उसलाई पाउने अब कुनै, आश रहेन
एक्लै जिउन सक्ने नि, साहस रहेन
उसकै लागि चल्ने यो धडकन पनि,
अब यस्तो लाग्छ कुनै, खास रहेन ।

चन्द्रप्रसाद भट्ट
कोटेली-३, डँडेल्धुरा
रेडियो सुदूर आवाज ९५ मेघाहर्ज

1 thought on “तीन मुक्तक (जिन्दगीमा कोही)”

  1. लु सारै राम्रो मित्र । वधाइ ।
    लु सारै राम्रो मित्र । वधाइ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *