Skip to content

माया गर्ने उसको मन


माया गर्ने उसको मन हरायो,
सँगै मर्ने भन्ने कसम हरायो ।

चोट दिन्छ यादले घरीघरी,
टाढा सर्ने त्यही सहर हरायो ।

बाढी आयो जीवनमा यो कस्तो,
पारी तर्ने त्यो बगर हरायो ।

चोटले घाउ बल्झाइरहन्छ,
घाउ भर्ने मेरो मल्हम हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *