Skip to content

दुई मुक्तक (मलाई मेरो दिल)


१)
मलाई मेरो दिल दिलाएर जाऊ
फाटी सक्यो मन सीलाएर जाऊ
घरी घरी यादहरू आई दिन्छन आऊ
सक्तीन बाँच्न बिष पिलाएर जाऊ ।

२)
मनको कुरा मनमै लुकाएर होला
अनि एकान्तमै आँशु बगाएर होला
अब त नजिक नै हुन चाहन्नौ रे
सायद मैले तिम्रो मन दुखाएर होला ।

चन्द्र भट्ट
कोटेली, डँडेल्धुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *