१)
भएको छ उनको मालामाल भएको छ
मलाई भने ठिक उल्टो चाल भएको छ
उता अहिले ठुलो महलमा छिन उनी,
यहाँ मेरो चाहिं हाल बेहाल भएको छ ।
२)
मेरो जस्तै अक्सर उसको पनि मन भैदिए
आफ्नाहरूको म प्रतीको आफ्नोपन भैदिए
सधैं भत्किएरै यहाँ हिड्ने नै थिएन म पनि
मैले सोचे जस्तै सधैं मेरो जीवन भैदिए ।
