चार मुक्तक (सधैँ पानी झर्छ)

सधैँ पानी झर्छ र त नल जस्तै लाग्छ
यो आँसु पनि खै किन भल जस्तै लाग्छ
जहिले पनि मनको फोहोर बढारेर ल्याउने
आजभोलि आँखा पनि ढल जस्तै लाग्छ ।
सधैँ पानी झर्छ र त नल जस्तै लाग्छ
यो आँसु पनि खै किन भल जस्तै लाग्छ
जहिले पनि मनको फोहोर बढारेर ल्याउने
आजभोलि आँखा पनि ढल जस्तै लाग्छ ।
हुनेलाई के थाहा छ तिम्रो भाव सस्तो हुँदो रैछ
तिम्रो यौटै काखमा संसार पाए जस्तो हुँदो रैछ
एक घुटको दूध सम्झेर पाठीलाई टुलुटुलु हेरी
म बुझ्न खोज्छु आमाको माया कस्तो हुँदो रैछ !
जस्तोसुकै भए पनि जिन्दगीको डुङ्गा फेरिन्न
काँडासँगै हुर्किएर सुन्दर फूलको थुङ्गा फेरिन्न
तिमी मेरो साथ लागेर बिग्रेँ भन्छौ महोदय किन
हेर्नुस् पानीसँगको सङ्गतले कैल्यै ढुङ्गा फेरिन्न ।
विश्व मानचित्रलाई नियाल्ने हो भने मेरो देश सिन्धुमा हराएको बिन्दु जस्तै लाग्ला । भौगोलिक हिसाबले सतहीरूपमा हेर्दा सानो जस्तो लाग्ने मेरो देश नेपाल वास्तवमा सानोभन्दा पनि मूल्यवान् छ ।
Read More »मेरो देश भूपरिवेष्टित या भारतवेष्टित ?सिन्दुर लाउँदै गर्दा सीताको हातबाट ऐना खस्यो । डर र आशङ्काले उसको मनको धरहरा गर्ल्याम्मै ढल्यो । आत्तिँदै ऐना उठाई, “धन्न फुटेनछ । ए बीचबाट चक्केछ । छ्या ऐना त दुई भागमा पो बाँडिएछ ।”
Read More »शङ्कासारै राम्री गुडिया
हेर्दा लाग्ने चिडिया
जिउ चट्ट मिलेको
ओठ लाली लपक्कै
मुहार छ बलेको
ज्योति जस्तै धपक्कै
सुख समृद्धि, सुस्वास्थ्य एव म चिरायु र पुगोस् मन चाहना,
नव वर्ष २०७८ को हार्दिक मङ्गलमय शुभकामना ।