Skip to content

चार मुक्तक (सधैँ पानी झर्छ)

  • by

सधैँ पानी झर्छ र त नल जस्तै लाग्छ
यो आँसु पनि खै किन भल जस्तै लाग्छ
जहिले पनि मनको फोहोर बढारेर ल्याउने
आजभोलि आँखा पनि ढल जस्तै लाग्छ ।

भन्छ यतिले बुझेन प्यास अलि चढाउनुपर्छ
पत्थर किन सुन्दैनस् कति कलि चढाउनुपर्छ
सरकार निरीह जनताले न्यायनिसाफ पाउन
भन अँझै कति निर्मला बलि चढाउनुपर्छ ?

धर्तीलाई अँगालोमा बोक्न मन छ सानु
कुरा काट्ने मुखमा ताला ठोक्न मन छ सानु
गरीबहरूको रगतले प्यास मेटिन्छ यहाँ
रामबाटै सीताको जवानी बेचिन्छ यहाँ

जून खोज्दै जाँदा तातो घाम भेटियो
एकल बाटो हिँड्न मन थ्यो जाम भेटियो
घोषणपत्रमा सबैले रामराज्य बनाउँछु भन्थे
खोजेको त राम हो यहाँ हराम भेटियो ।

श्रीकृष्ण शर्मा पोखरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *