Skip to content

शुभकामना (टुक्का कविता)

ShriKrishnaSharma

सुख समृद्धि, सुस्वास्थ्य एव म चिरायु र पुगोस् मन चाहना,
नव वर्ष २०७८ को हार्दिक मङ्गलमय शुभकामना ।

गन्तव्यका पाइलाले सफलताको शिखर चुमून्,
शत्रु पराजीत होऊन् ईश्वर दाहिना बनी घुमून् ।

सदा सुखी सदा खुसी देख्न पाइयोस्,
मातृभूमि सम्झी मीठो गीत गाइयोस् ।

आमाबाबा आशीर्वादको महिमा गाइयोस्,
यी हातले सधैँभरि टुक्का लेख्न पाइयोस् ।

सफलताको शिख र चुम्नू जिन्दगीमा प्रगतिको उत्कर्षले,
सुखशान्ति, समृद्धिको मीठो सपना पूरा गरोस् नयाँ वर्षले ।

मुस्काउँदै फुलोस् गुलाब ती ओठमा हर्षले,
यति धेरै खुसी मिलोस् सीमा नाघोस् उत्कर्षले ।

प्रगतिका काँडाहरू बाटोबाटै हटी जाऊन्,
मित्र बढून् शत्रु तिम्रै जयजय गीत गाऊन् ।

श्रीकृष्ण शर्मा पोखरा

2 thoughts on “शुभकामना (टुक्का कविता)”

  1. Shree Krishna Sharma

    sir namaskar ! टुक्का दुईलाइनको पद्य कविता हो सर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *