
सारै राम्री गुडिया
हेर्दा लाग्ने चिडिया
जिउ चट्ट मिलेको
ओठ लाली लपक्कै
मुहार छ बलेको
ज्योति जस्तै धपक्कै
सजजिएकी नानामा
झुम्कावाली कानमा
बजाइदिऊँ कि मादलु
नाच्छिन् कि त गाजलु
कोरीबाटी कपाल
खुट्टामा छन् चप्पल
आहा ! राम्री गुडिया
लाग्छ सारै बढिया
निधारमा टिकी छ
आँखा सुर्मा झिकिछ
बुट्टे नङ पालिस
सिउँदो चैँ खाली छ
लाइदिऊँ कि फुली म
कहिले हुन्छु ठूली म ।
(छन्द बालोरी ४+ ३ = ७)
श्रीकृष्ण शर्मा पोखरा
२०७७/०१/०२
